नेताले नै विप्लव नेकपा परित्याग गरे - Himal Post Himal Post
  • २ माघ २०८१, बुधबार
  •      Wed Jan 15 2025
Logo

नेताले नै विप्लव नेकपा परित्याग गरे



नवलपरासी । पश्चिम नवलपरासीका विप्लव नेतृत्वको नेकपाका एक नेताले सो पार्टी परित्याग गरेका छन् ।

केहि दिनअघि पक्राउ परेका जिल्ला नेता वर्दघाट नगर कमिटी इन्चार्ज गणेश ढकालले हिरासत मुक्त भएलगत्तै विप्लव नेकपा छाडेका हुन् । उनलाई फागुन २१ गते नवलपरासी प्रहरीले पक्राउ गरेको थियो ।

पश्चिम नवलपरासीका जिल्ला प्रहरी प्रवक्ता डिएसी वीरेन्द्र थापाका अनुसार ढकाललाई अदालतले नियम अनुसारको धरौटी अशुल गराई आइतबार अपरान्ह रिहा गर्ने आदेश दिएको हो ।

हिरासतमुुक्त भएपछि नेता ढकालले एक विज्ञप्ती जारी गरि विप्लव नेतृत्वको पार्टी परित्याग गर्ने घोषणा गरेका हुन् । उनले जारी गरेको प्रेस विज्ञप्तीमा विप्लव समहको कुनै पनि जिम्मेवारी र हैसियतमा नरहने उल्लेख गरिएको छ ।