एनसेल र नेताहरुलाई विप्लवले कारबाही गर्ने (विज्ञप्ति) - Himal Post Himal Post
  • २० माघ २०८२, सोमबार
  •      Mon Feb 2 2026
Logo

एनसेल र नेताहरुलाई विप्लवले कारबाही गर्ने (विज्ञप्ति)



काठमाडौँ – नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले एनसेल कर असुलीबारे सर्वाेच्च अदालतले गरेको आदेश खारेज गर्न चेतावनी दिएको छ।

सरकारकै इशारामा अदालतले एनसेलबाट १८ अर्ब कर असुल्न नपर्ने राष्ट्रघाति निर्णय गरेको पार्टी महासचिव ‘विप्लव’द्वारा हस्ताक्षरीत विज्ञप्तिमा उल्लेख छ ।
पार्टीले अदालतको यो आदेशका विरुद्ध चरणवद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

जस अन्तगर्त भदौ १७ गते न्यायाधीसहरुको पुत्ला दहन, १९ गते देशभर मसाल जुलुस, २१ गते एनसेल कार्यालयहरुमा विरोध प्रदर्शन, २३ गते एनसेल कार्यालयमा तालाबन्दी र २६ गते भ्रष्टाचारीहरुको पुत्लामा कालोमोसो तल्ने कार्यक्रम तय गरिएको छ ।

‘एनसेबाट अरबौँ रकम घुस खाएर देशलाई टाट पल्टाउने अपराध गर्ने संसदवादी पार्टी र तिनका मुख्य नेताहरुलाई पनि कारबाहीका लागि जनताहर उठन् आग्रह गर्दछौँ’, विज्ञप्तिमा उल्लेख छ ।