विप्लवको संगठनको नाम परिवर्तन - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

विप्लवको संगठनको नाम परिवर्तन



काठमाडौं : नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले पार्टीको युवा संगठनको नाम फेरेको छ। योङ रेड फोर्सको नाम परिवर्तन गरी उसले ‘युवा संगठन नेपाल’ राख्ने निर्णय गरेको छ।

काठमाडौंमै सम्पन्न योङ रेड फोर्सको राष्ट्रिय भेलाले संगठनको नाम परिवर्तन गर्ने निर्णय गरेको हो। उक्त संगठनमा पाटनको नेतृत्वमा ४५ सदस्यीय केन्द्रीय समिति पनि चयन गरेको छ।

पार्टी स्थायी समिति सदस्य तथा मध्यकमान्ड इन्चार्ज हेमन्तप्रकाश वलीको प्रमुख आतिथ्यमा युवाको भेला भएको थियो।

भेलाले भ्रष्टाचार, जनदमन, राष्ट्रघात, जनघात, चर्को मूल्यवृद्धि, करवृद्धि, गुण्डागर्दी र सामाजिक विकृतिविरुद्ध योजनाबद्ध संघर्षका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको नवनियुक्त अध्यक्ष पाटनले जारी गरेको वक्तव्यमा उल्लेख छ।