विप्लव माओवादीले संसदीय व्यवस्था र भ्रस्टाचार विरुद्व आन्दोलन चर्काउने - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

विप्लव माओवादीले संसदीय व्यवस्था र भ्रस्टाचार विरुद्व आन्दोलन चर्काउने



काठमाडौं

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अहिलेको संसदीय व्यवस्था विरुद्ध भण्डाफोर तथा जनजागरण अभियान चलाउने निर्णय गरेको छ ।

सो पार्टीको हालै बसेको बैठकले राष्ट्रियता र भ्रस्टाचार विरुद्धको आन्दोलन पनि अगाडि बढाउने निर्णय गरेको छ ।

हालै सम्पन्न प्रदेश र प्रतिनिधिसभा चुनावमा बामगठबन्धनले जित निकालेर सरकार गठनको तयारी भैरहदा नेपाल कम्युनिष्ट पार्टीको यस्तो निर्णय आएको हो ।

यसले अब बन्ने बामगठबन्धन नेतृत्वको सरकारसँग नेपाल कम्युनिष्ट पार्टीको तनाव बढ्न सक्ने संकेत देखिएको छ ।

विप्लव माओवादीले स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको चुनाव बहिस्कार गरेको थियो ।

सो पार्टीले क्रान्तिकारी कम्युनिस्टहरुको ध्रुवीकरणमा जोड दिने र सच्चा देशभक्तहरुसँगको संयुक्त मोर्चा निर्माणमा जोड दिने निर्णय पनि लिएको छ ।

पार्टीका निर्णय यस्ता छन् । 

जन जागरण अभियान चलाउने जस अन्तर्गत अहिलेको व्यवस्थाले स्थायीत्व, शान्ति, समृद्धि र समाजवाद दिन नसक्ने बिश्लेशण गर्दै यसको भन्डाफोर गर्ने । विकल्पमा बैज्ञानिक समाजवादलाई सार्ने र स्थापित गर्ने ।
-बैज्ञानिक समाजवाद एकीकृत जन क्रान्तिबाट आउने बिश्लेशण गर्दै यो एकीकृत जनक्रान्तिको कार्यदिशा ब्याबहारिक रुप दिदै स्थापित गर्ने ।

-राष्ट्रियता र भ्रस्टाचार विरुद्धको संघर्षलाई निरंतरता दिदै नयाँ उचाई दिने, साथै कथित नयाँ सत्ताले जनतालाई राहत भन्दा आहात दिएकोले त्यस विरुद्ध पनि संघर्ष गर्ने ।

-क्रान्तिकारी कम्युनिस्टहरुको ध्रुवीकरणमा जोड दिने र  सच्चा देशभक्तहरुसगको संयुक्त मोर्चा निर्माण  गर्न जोड दिने ।