महरा निवासमा विप्लव - Himal Post Himal Post
  • २२ माघ २०८१, मंगलवार
  •      Tue Feb 4 2025
Logo

महरा निवासमा विप्लव



काठमाडौं- भर्खर मात्र शान्तिपूर्ण राजनीतिमा सार्वजनिक भएका नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव पूर्वसभामुख कृष्णबहादुर महरा निवासमा पुगेका छन् ।

महरालाई भेट्न विप्लव उनकै निवास पुगेका थिए । महरा र विप्लवबीच लामो छलफल भएको बताइएको छ ।

सरकारसँग भएको तीनबुँदे सहमतिसँगै विप्लव शुक्रबार सार्वजनिक भएका थिए । पछिल्लो दुई दिनयता विप्लव भेटघाटमा व्यस्त छन् । महारा र विप्लव दुवै पूर्वमाओवादी नेता हुन् ।