विप्लव समूह कोब्रा समूह जस्तै अनाधिकृत झुण्ड हो : प्रम ओली - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

विप्लव समूह कोब्रा समूह जस्तै अनाधिकृत झुण्ड हो : प्रम ओली



प्रधानमन्त्री केपी ओलीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई कुनै बेला तराईमा हिंसात्मक गतिविधि गर्ने ‘कोब्रा’ समूहसँग तुलना गरेका छन् ।

प्रधानमन्त्रीले दलका रुपमा दर्ता नभएको र हत्या, हिंसा र आतंकपूर्ण गतिविधि गर्ने विप्लव समूहलाई दलका रुपमा सरकारले नचिन्ने बताए । ‘चन्द समूह कुनै दल होइन’, उनले भने, ‘यो ‘कोब्रा’ समूहजस्तो अनाधिकृत झुण्ड मात्रै हो ।’ उनले कर्त दलका रुपमा दर्ता नभएको विप्लव समूहलाई सरकारले दलका रुपमा नभई अनाधिकृत झुण्डका रुपमा व्यवहार गर्ने उल्लेख गरे । उनले दलको आवरणमा विप्लव समूहले विध्वंसात्मक गतिविधि गरिरहेकाले उसलाई राज्यले सोही अनुसार कारबाही गर्ने चेतावनी दिए । उनले सरकारले विप्लवका विध्वंसात्मक गतिविधिलाई नियन्त्रण गर्दा आफैंले आफैंलाई जवाफ दिन नसक्ने किसिमको अभिव्यक्ति दिँदै नहिंड्न दलका नेताहरुलाई आग्रह गरे ।

विप्लवलाई सरकारले प्रतिबन्ध लगाएपछि प्रधानमन्त्रीकै पार्टी नेकपाका कतिपय नेताले त्यसको विरोध गरेका छन् । ओलीले संविधान, कानुनविपरीत, लुटपाट र आतंकका गतिविधि गर्न नपाइने र यस्ता गतिविधिमा सधैं सरकार कठोर बन्ने बताए । सरकारी वार्ता टोलीले वार्तामा बोलाउँदा पनि उनी नआएकाले बाध्य भएर सरकारले कठोर कदम चालेको उनको भनाइ थियो । विप्लवमा माग पूरा गर्न नसक्ने माग सभ्य समाजले सुन्नसमेत सक्ने खालको नभएको टिप्पणी गरे ।