विनोद चौधरी देखि न्यायाधीशलाई कारबाही गर्ने विप्लवको चेतावनी (पत्र सहित) - Himal Post Himal Post
  • ९ माघ २०८२, बिहीबार
  •      Thu Jan 22 2026
Logo

विनोद चौधरी देखि न्यायाधीशलाई कारबाही गर्ने विप्लवको चेतावनी (पत्र सहित)



नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको कम्युनिष्ट पार्टीले करछली गर्ने व्यक्ति तथा संस्थामाथि कारबाही गर्ने धम्की दिएको छ । तीन महिने मेची–काली जागरण अभियानअन्तर्गत त्यस्ता कारबाही गर्ने धम्की नेकपाले दिएको हो । उसको तीन महिने अभियान चैत १ गतेदेखि नै सुरु भएको जनाइएको छ ।

त्यस्तै विप्लव माओवादीले यही ७ गते एनसेलको पक्षमा फैसला गर्ने न्यायाधीशमाथि जनकारबाही गर्ने, १० गते करछली गर्ने व्यापारी विनोद चौधरीमाथि कारबाही गर्ने, १२ गते हेलो नेपाल भएको ब्युरोले त्यसमाथि कारबाही गर्ने, जसमा दाङ, मुगु साथै दामन रिसोर्टमाथि कारबाही गर्ने, १४ गते कालिका कन्ट्रक्सनमाथि देशव्यापी कारबाही गर्ने, १५ गते भ्रष्ट निर्माण कम्पनीमाथि कारबाही गर्ने, १८ गतेदेखि २० गतेसम्म पुरानो प्रतिगामी सत्तामाथि पहिलो चरणमा भएकाबाहेक कारबाही गर्ने र आगामी २४ गते जनप्रदर्शनको तयारी तथा सामान्य कार्यक्रम गर्ने कार्यतालिका सार्वजनिक गरेको हो ।

नेपाली जनतालाई पार्टीद्वारा वैकल्पिक सत्ताका रुपमा स्थापना गरिएका जनसत्ताका बारेमा जानकारी गराई स्थानीय जनसत्ता निर्माण कार्यलाई अभियानका क्रममा व्यापकता दिइने बैठकमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिए ।

अभियानका क्रममा प्रशिक्षण, कोणसभा, जनभेटघाटलगायतका विविध कार्यक्रमहरु सञ्चालन गरिने भएको छ । एकीकृत जनजागरण एवं प्रतिरोध अभियानपूर्व पार्टीका जिल्लास्तरका नेतासम्मलाई प्रशिक्षण दिने योजना नेपाल कम्युनिष्ट पार्टीको प्रथम केन्द्रीय समितिले बनाएको छ ।

पार्टीका एक नेताले दिएको जानकारीअनुसार आगामी तीन महिनासम्म देशव्यापी रुपमा जागरण अभियान सञ्चालनका लागि बैठकले ठोस कार्यक्रम अगाडि सारेको छ । सो समूहले गत माघ १५ गतेदेखि सो अभियान सुरु गरेको उल्लेख छ ।