विप्लव खुलेआम : किन पक्राउ गर्दैन सरकार ? - Himal Post Himal Post
  • १ माघ २०८१, मंगलवार
  •      Tue Jan 14 2025
Logo

विप्लव खुलेआम : किन पक्राउ गर्दैन सरकार ?



सिन्धुली – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ताप्लेजुङ हुँदै सिन्धुली आइपुगेका बताइएको छ । सैनिक स्रोतका अनुसार सोमबार ताप्लेजुङ रहेका विप्लव बुधबार सिन्धुली आइपुगेका हुन् ।

गत फागुन २८ गते सरकारले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएपछि सरकारले खोजीरहेको बेला उनी भने खुलेआम हिँडिरहेका छन् ।

जहाँ भेट्यो त्यहीँ पक्राउ गर्न गृहमन्त्रालयले निर्देशन दिएपनि किन विप्लवलाई पक्राउ गरिएको छैन ? विप्लवका सयौं नेता÷कार्यकर्ता पक्राउ परिरहँदा विप्लव चाहिँ पक्राउ नपर्नु सबैको चासोको विषय बनेको छ ।

कतै सरकारले विप्लवसँग छुट्टै गोप्य वार्ता त गरिरहेको छैन् ? यदि त्यसो होइन भने किन चाहिँ विप्लव खुलेआम हिँडिरहँदा पनि पक्राउ परेका छैनन् ।

विप्लवले नयाँ वर्ष २०७६ साद वैशाख ५ गते नेपाल बन्दको आह्वान समेत गरेका छन् । बन्दसँगै उनले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्व विरोधका कार्यक्रमहरु पनि सार्वजनिक गरेका छन् ।