विप्लवका तीनजना केन्द्रीय नेता पक्राउ - Himal Post Himal Post
  • ३० माघ २०८२, बिहीबार
  •      Thu Feb 12 2026
Logo

विप्लवका तीनजना केन्द्रीय नेता पक्राउ



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका तीनजना केन्द्रीय सदस्य पक्राउ परेका छन् । शुक्रबार तीनै जनालाई दाङबाट पक्राउ गरिएको हो । शनिबार महासचिव विप्लवले जारी गरेको विज्ञप्तिमा केन्द्रीय सदस्यहरु चुडामणि ओली आदर्श, चन्द्रबहादुर खड्का असल र लालबहादुर वली विश्वलाई पक्राउ गरेको उल्लेख छ ।

“सरकारको यस्तो रवैयाको हाम्रो पार्टीले घोर विरोध गर्नुका साथै तुरुन्त रिहाई गर्न माग गर्दछौं,” विप्लवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, “यदि केपी सरकारले हाम्रो पार्टीमाथिको दमनलाई रोकेन, प्रतिबन्ध हटाएन, गिरफ्तारी रोकेन भने हामी यसका विरुद्ध सशक्त प्रतिरोध गर्न बाध्य हुनेछौं ।”

पक्राउ परेका सबैलाई राज्यद्रोहको मुद्दा लगाउने तयारी भएको प्रहरी प्रवक्ता उत्तम सुवेदीले जानकारी दिए ।