विप्लवका कार्यकर्ता छुटे - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

विप्लवका कार्यकर्ता छुटे



नुवाकोट : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको एक कार्यकर्ता एक महिनापछि रिहा भएका छन्।

फागुन २५ गते नुवाकोटको दुप्चेश्वर गाउँपालिका ६ बाट पक्राउ परेका सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१४ घर भएका १८ वर्षीय विष्णु भण्डारी बुधबार साधारण तारिखमा रिहा भएका हुन्।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले भण्डारीसँग ९ हजार पाँच सय रुपैयाँ धरौटी लिएर साधारण तारिखमा रिहा भएको मुद्दा शाखाका प्रमुख निलकुमार भुषालले जानकारी दिए।

सार्वजनिक स्थलमा ‘वाल पेन्टिङ’ गरिरहेको क्रममा भण्डारी पक्राउ परेका थिए। रिहा भएका भण्डारी विप्लवको सामान्य समर्थक मात्र रहेको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक कृष्णबहादुर मल्लीमगरले जानकारी दिए।

भण्डारीको पहिलो तारिख २०७६ साल वैशाख २० गते तोकिएको छ।