विप्लवमाथि प्रतिबन्ध लगाउने कानुन नेपालमा छैन : आचार्य - Himal Post Himal Post
  • १२ माघ २०८२, आईतवार
  •      Sun Jan 25 2026
Logo

विप्लवमाथि प्रतिबन्ध लगाउने कानुन नेपालमा छैन : आचार्य



काठमाडौँ। संविधानविद् भीमार्जुन आचार्यले नेपाल कम्युनिष्ट पार्टी विप्लवमाथि सरकारले लगाएको प्रतिवन्ध संविधान विपरित भएको टिप्पणी गरेका छन्।

आचार्यले कुनै पनि राजनीतिक दलको हिंसात्मक गतिविधिमाथि नियन्त्रण वा प्रतिबन्ध लगाउन सकिने भए पनि राजनीतिक दलमाथि नै प्रतिवन्ध लगाउनु संविधान विरुद्धको कार्य भएको बताए ।

विखण्डनकारी सिके राउतलाई स्वागत गर्ने तर ‘विप्लव’ नेतृत्वको नेकपामाथि प्रतिवन्ध लगाउने सरकारको निर्णय राजनीतिक प्रतिशोध मात्रै भएको उनको भनाई छ।

नेपालको संविधानले राजनीतिक दल खोल्न पाउने अधिकार मौलिक हकमा नै उल्लेख भएको बताउँदै आचार्यले दललाई नै प्रतिबन्ध लगाउने निर्णयले आफू आश्चर्यमा परेको बताए।

विप्लव समूहले हिंसात्मक गतिविधि गरिरहेको स्वीकार्दै आचार्यले भने, ‘ती राष्ट्रहित विपरीतका गतिविधिमाथि प्रतिबन्ध लगाउने अधिकार सरकारसँग सुरक्षित छ, तर उक्त दलमाथि नै प्रतिबन्ध लगाउनु सरासर संविधान र कानुन विपरीत हो।’

आचार्यले भनेकाछन् , ‘सिके राउत जस्तो देश विखण्डनको आन्दोलन चलाउने व्यक्तिलाई स्वागत गर्दै फूलमालाले सम्मान गर्ने तर देशका लागि भनेर आन्दोलन गरिरहेको दलमाथि प्रतिबन्ध लाउनु सरकारले विप्लवमाथि राजनीतिक प्रतिशोध साँध्न गरेको निर्णय हो भन्ने देखिन्छ।’