विप्लवका पोलिटब्यूरो सदस्य ललितपुरबाट पक्राउ - Himal Post Himal Post
  • २९ फाल्गुन २०८१, बिहीबार
  •      Thu Mar 13 2025
Logo

विप्लवका पोलिटब्यूरो सदस्य ललितपुरबाट पक्राउ



काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य मोहन कार्की ‘जीवन्त’ लाई प्रहरीले पक्राउ गरेको छ ।

उनलाई महानगरीय अपराध महाशाखाबाट खटेको टोलीले शुक्रबार साँझ ललितपुरस्थित उनको डेराबाट पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।

केही दिनअघि नेकपामाथि प्रतिबन्ध लगाएपछि सरकारले उक्त पार्टीका नेता कार्यकर्तालाई जहाँ देखे पनि पक्राउ गर्दै आएको छ ।