विप्लव माओवादीका जिल्ला अध्यक्ष पक्राउ - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

विप्लव माओवादीका जिल्ला अध्यक्ष पक्राउ



दाङ-नेकपा विप्लव माओवादीका युवा संगठनका जिल्ला अध्यक्ष बम बहादुर बुढा पक्राउ परेका छन्।

माण्डवी गाउँपालिका– ३ चकचकेबाट प्रहरीले उनलाई गिरफ्तार गरेको हो।

माण्डवी गाउँपालिका-१ तिराम निवासी बुढालाई स्वर्गद्वारी नगरपालिकाका मेयर नेत्रबहादुर रोकायलाई मोसो दलेको मुद्दामा गिरफ्तार गरिएको प्यूठान प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक निर्मल बुढाथोकीले बताए।

अध्यक्ष बुढालाई अहिले जिल्ला प्रहरी कार्यालय प्युठानको हिरासतमा अनुसन्धानका लागि राखिएको बुढाथोकीले जानकारी दिए