विप्लवको नगरपालिकामा राप्रपा अगाडी
नेत्र विक्रम चन्द विप्लवको गृहजिल्ला कपिलवस्तुको शिवराज नगरपालिकामा ६ सय मतगणना हुँदा राप्रपाका मेयर उम्मेदवार अजय थापाले अग्रता लिएका छन् ।
थापाले २ सय ३४ मत पाएका छन् भने एमालेका उम्मेदवार महादेव पोखरेलले २ सय ११ र कांग्रेसका हुमकान्त खनालले ३४ मत पाएका छन् ।
उपमेयरतर्फ एमालेका उम्मेदवार शिवकुमार चौधरीले २ सय ४५ मत पाएका छन् भने राप्रापाकी विपाशा चौधरीले १ सय ५१ र कांग्रेसकी शारदा कार्कीले ३३ मत प्राप्त गरेकी छिन् ।
विप्लव नेतृत्व नेकपाका तर्फबाट केन्द्रीय सदस्य भेषराज भुसाल स्वतन्त्रको हैसियतमा मेयरका उम्मेदवार छन् ।