विप्लव समूहका इञ्चार्ज पक्राउ - Himal Post Himal Post
  • २ चैत्र २०८१, आईतवार
  •      Sun Mar 16 2025
Logo

विप्लव समूहका इञ्चार्ज पक्राउ



मकवानपुर – जिल्ला प्रहरी कार्यालय मकवानपुरले बिहीबार राति नेकपा माओवादी विप्लव समूहका मकवानपुर इन्चार्ज वीरबहादुर घलान (ज्वाला)सहित २ जनालाई पक्राउ गरेको छ ।

नेकपा पार्टीमा लामो समयदेखि लागेका ज्वालालाई पक्राउ गरिएको मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताए।

हेटौँडा उपमहानगरपालिका—८ फायरलाइनबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले सवारी साधन जाँच गर्ने क्रममा मोटरसाइकलमा रहेका ज्वालासहित अर्का एकजनालाई पक्राउ गरेको एसपी सिंहले बताए ।

यसअघि मकवानपुर प्रहरीले विप्लव समूहका कार्यकर्ता भएको आरोपमा चारजनालाई पक्राउ गरेर हिरासतमा राखी विभिन्न मुद्दा चलाएको छ ।