यसरी ल्याउँछन विप्लव नेकपाले भारतबाट हतियार - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

यसरी ल्याउँछन विप्लव नेकपाले भारतबाट हतियार



काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले हतियार र विस्फोटक पदार्थ भारतबाट भि­त्र्याएको पाइएको छ। केही दिनदेखि उक्त समूहले मुलुकका विभिन्न ठाउँमा आतंक मच्चाउँदै आएको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा सुवास गोतामेले लेखेका छन् ।

प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले खुला सीमाका कारण भारतबाट अवैध रूपमा विस्फोटक सामग्री भित्रिएको दाबी गरेका छन्। उनले द्वन्द्वका समयमा सञ्चित विस्फोटक पदार्थलाई अहिले विप्लव समूहले प्रयोग गरिरहेको बताए । सुवेदीले विस्फोटक पदार्थ सञ्चितबारे प्रहरी चनाखो भएर लागेको बताए ।

प्रहरीको विशेष ब्युरोमा लामो समय काम गरेका एक अधिकृतले भने, ‘ द्वन्द्वकालमा तत्कालीन माओवादीले हतियार र अन्य विस्फोटक पदार्थ भारतबाट ल्याएका थिए । अहिले विप्लवले पनि सोही संयन्त्रबाट विस्फोटक पदार्थ भित्र्याएको देखिन्छ ।’