विप्लवले भने: हामीले विश्वास गर्दा ओलीले धोका दिए - Himal Post Himal Post
  • २० फाल्गुन २०८१, मंगलवार
  •      Tue Mar 4 2025
Logo

विप्लवले भने: हामीले विश्वास गर्दा ओलीले धोका दिए



पोखरा- नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले तत्कालिन प्रधानमन्त्री केपी ओलीले धोकाका दिएको बताएका छन् । विप्लवले विश्वास गरेर तीन बुँदे सहमति गरेपनि सहमति लागू नगरेर आफूहरूलाई धोका दिएको बताएका हुन् ।

पोखरामा बुधबारदेखि शुरु भएको पार्टी निकट विद्यार्थी संगठनको राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै विप्लवले अहिलेको सरकारसँग पनि उक्त सहमति लागू गर्न आग्रह गरिरहेको बताए ।

कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भइसकेपछि पनि उक्त सहमतिबारे भेटेरै कुरा गरेको विप्लवले बताए । सात महिनाअघि भएको सहमति पालना नभएको भन्दै उनले अब पनि सहमति पालना नभए सहमति तोड्ने चेतावनी दिए ।

जेलमा रहेका आफ्ना कार्यकर्ता छुटाउन सरकारले घेरा हाल्न खोजे मा घेरा तोड्ने विप्लवको चेतावनी थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच फागुन २१ गते तीनबुँदे सहमति भएको थियो ।

तत्कालीन सरकार र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउने, कारागारमा रहेका पार्टीका नेता र कार्यकर्ता रिहा गर्ने र सम्पूर्ण मुद्दा खारेज गर्नेलगायत सहमति भएपछि विप्लव शान्तिपूर्ण आन्दोलनमा फर्किएका थिए ।

‘विप्लव’ निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को बुधबारदेखि शुरु भएको २२ औं राष्ट्रिय सम्मेलन असोज ८ गतेसम्म चल्नेछ । सम्मेलन उद्घाटन हुनुअघि विद्यार्थीहरुले सडकमा र्याली निकालेका थिए ।