विप्लवले दिए धन्यवाद - Himal Post Himal Post
  • १८ असार २०८३, बिहीबार
  •      Thu Jul 2 2026
Logo

विप्लवले दिए धन्यवाद



काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सहयोग गर्नेहरूलाई धन्यवाद दिएका छन् ।

विप्लले आफूहरूले शनिबार आह्वान गरेको नेपाल बन्द सफल भएको दाबी गर्दै सहयोगीहरूलाई धन्यवाद दिएका हुन ।

पार्टीका महासचिव विप्लवले शनिबार साँझ विज्ञप्ति जारी गरी नेपाल बन्द सफल भएको उल्लेख गर्दै सहयोग गर्ने सबैलाई धन्यवाद दिएका हुन्।

विज्ञप्तिमा भनिएको छ- ‘नेपाल बन्दलगायत संघर्षका कार्यक्रमहरूमा सहयोग पुर्‍याउनुहुने राजनीतिक पार्टी, नेता, कार्यकर्ता, यातायात व्यवसायीलगायत सम्पूर्ण संघ/संसथा, बुद्धिजीवी, नागरिक अगुवा, पेसा व्यवसायी, सञ्चारकर्मी तथा सम्पूर्ण जनसमुदायप्रति हार्दिक धन्यवाद व्यक्त प्रकट गर्दछौं।’

विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले गत पुस २९ गते आफू केन्द्रीय सदस्य धर्मेन्द्र बास्तोलालगायत नेता कार्यकर्ता पक्राउन गरेकाे विराेधमा शनिबार नेपाल बन्द आह्वान गरेको थियो।