विप्लवले भने: चन्दा उठाएर धनी भएका छैनौँ - Himal Post Himal Post
  • ११ पुष २०८१, बिहीबार
  •      Thu Dec 26 2024
Logo

विप्लवले भने: चन्दा उठाएर धनी भएका छैनौँ



काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आफुहरुले चन्दा उठाएर धनी भएको कुरा भ्रममात्र भएको बताएका छन् । उनले आफ्नो पार्टीको आर्थिक दृष्टिकोण फरक भएको पनि बताए ।

हिमालय टेलिभिजनमाअन्तर्वार्तादिँदै महासचिव विप्लवले आफूहरू अहिले पनि शान्तिपूर्ण राजनीतिमा नआएको बताएका छन् ।

‘हामी चन्दा उठाएर धनी भयौं भन्ने कुरा भ्रम हो । वास्तवमा भन्ने हो भने हामीले नेपाल कम्युनिष्ट पार्टी बनाएपछि हामी ऋणमा चाहिँ छैनौं,’ पत्रकारसँग कुरा गर्दै उनले भने, ‘हामीले ठूलो आर्थिक व्ययभार व्यहोर्नु प-यो । चन्दाको कुरा गर्दा हाम्रो पार्टीको एउटा आर्थिक दृष्टिकोण छ ।’

त्यस्तै उनले आफुहरु शान्तिपूर्ण राजनीतिमा न पनि उल्लेख गरेका छन् । पत्रकारको ‘ तपाईं शान्तिपूर्ण राजनीतिमा आउने घोषणा गरिसकेपछि पनि अझै तपाईं भूमिगत जस्तै अवस्थामा हुनुहुन्छ । के यो घोषणामा मात्रै सीमित भएको हो ?’ भन्ने प्रश्नमा उत्तर दिंदै उनले भने, ‘हामीले त्यतिबेला पनि शान्तिपूर्ण राजनीतिमा आयौं भनेको होइन । शान्तिपूर्ण हिसाबले आफ्नो धारणा राख्न तयार छौं भनेको हो । जुन हामी पहिलेदेखि नै त्यही मान्यतामा छौं ।’