घोडाघोडीमा बस्ती खाली गर्न धम्की दिनेलाई कारबाही गर्ने विप्लवको चेतावनी (विज्ञप्ति सहित) - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

घोडाघोडीमा बस्ती खाली गर्न धम्की दिनेलाई कारबाही गर्ने विप्लवको चेतावनी (विज्ञप्ति सहित)



विशाल पाण्डेय / सुखड ,कैलाली ।

कैलालीको घोडाघोडी नगरपालिका – ३ भोजपुरमा बस्ती खाली गर्न स्थानीय अनिपाल भण्डाराले धम्की दिएको प्रति आपत्ति जनाउँदै नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट थारु वान जनपरिषद् नेपालले सोमबार पत्रकारलाई जानकारी दिँदै विज्ञप्ति सार्वजनिक गरेको छ ।

जनपरिषद नेपालको जनसरकार कैलाली प्रमुख भनिएका करण द्धारा हस्ताक्षर विज्ञप्तिमा आतङ्क बन्द गरी यथा स्थानमा बस्ती रहन दिन आग्रह गरिएको छ । बर्षाै देखी भोग चलन गरिरहेको जमिन र बस्ती माथि डोजर लगाई उठाउन धम्की दिने कार्य नरोकिए कडा कारबाही गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

साथै विज्ञप्तिमा यति बेला देश गम्भीर राजनैसंकटको अवस्था बाट गुज्रिरहेको छ । देशमा द्बैत्त सत्ता सञ्चालन भएको छ । एकातिर कथित दलाल संसादिय व्यवस्था छ भने अर्कोतिर जनताको जनसत्ता जनपरिषद नेपाल (जनसरकार) आफ्नो सत्ता सञ्चालन गरिरहेको उल्लेख गरिएको छ । सरकारले लोकतान्त्रिक गणतन्त्रको अभ्यासको नाममा दिन प्रतिदिन मंहगी र ढाडै सेक्ने गरी कर आतङ्क तथा कालोबजारी ,दलाली,भ्रष्टाचारीहरूले लुट मच्चाइ रहेको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पुलिस प्रशासनको बलमा आफ्ना पार्टीका नेता कार्यकर्ता माथि दमन गिरफ्तारी जस्ता कार्य गर्नु लज्जास्पद रहेको बताइएको छ । कथित पुँजीवादी सरकारले भूमिहीन जनताका बस्तीलाई उठाउन दलालहरूको सहयोग दिई जनताको अधिकार खोस्ने काम बन्द नगरे यस्ता दलालहरूलाई जनसत्ता परिषद् नेपाल(जनसरकार) ले कुनै पनि हालतमा छुट नगर्ने र जनअदालतको कटघारमा ल्याइ जनकारबाहीको दायरामा राखी जनतालाई न्याय दिलाउने विज्ञप्ति मार्फत जानकारी गराइएको छ ।

साथै कैलालीको घोडाघोडी नगरपालिका – ३ भोजपुरमा बस्ती खाली गर्न र डोजर लगाइ घर फाल्ने जस्ता आतङ्क मच्चाउन बन्द गर्न समेत विज्ञप्तिमा माग गरिएको छ । पटक पटक बस्ती नहटाउन आग्रह गर्दा पनि बेवास्ता गरिएमा जन कारबाही बाट हुने क्षति प्रति सोको जिम्मेवारी स्वयम् तथा राज्यले लिनुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।