‘बन्द’ असफल पार्न सरकारले बनायो यस्तो नयाँ योजना - Himal Post Himal Post
  • २२ मंसिर २०८२, आईतवार
  •      Sun Dec 7 2025
Logo

‘बन्द’ असफल पार्न सरकारले बनायो यस्तो नयाँ योजना



काठमाडौँ- विप्लव समुहले आयोजना गरेको बन्दलाई असफल पार्न प्रहरीले नयाँ योजना बनाएको बताइएको छ ।

तीनै सुरक्षा प्रमुखहरुसहितको बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलले हाइ अलर्टमा बस्न सुरक्षा निकायलाई निर्देशन दिएपछी प्रहरीले नयाँ योजना बनाएको बताइएको छ ।

राजधानीका तीन स्थानमा भएका बम विस्फोटमा चार जनाको ज्यान जानुका साथै ८ जना घाइते भएपछि सरकारले राजधानीको सुरक्षा व्यवस्था कडा पारेको छ।

भोजपुरमा आफ्ना कार्यकर्ता सुरक्षा निकायद्वारा मारिएपछि आक्रोशित बनेको विप्लव समूहले सोमबारका लागि आयोजना गरेको बन्दलगायतका कार्यक्रमको अघिल्लो दिन आइतबार विस्फोट गराएको हो।

बन्दका लागि सुरक्षाकर्मीले जनशक्ति थप गर्नुका साथै हाइ अलर्टमा रहेको उपत्यकाका सुरक्षा निकाय प्रमुखले जानकारी दिएका छन्न असफल पार्न सुरक्षा निकाय हाइ अलर्टमा रहेको पनि सुरक्षा निकाय प्रमुखले जानकारी दिए। फाइल तस्बिर