इतिहास दोहोरिन लागेको हो ? - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

इतिहास दोहोरिन लागेको हो ?



काठमाडौं । नयाँशक्ति पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रतिबन्धिन नेकपा विप्लवका नेता नेत्र विक्रम चन्द र गृहमन्त्री रामबहादुर थापा विप्लवको तस्वि राख्दै सामाजिक सञ्जालमा नेपालमा इतिहास दोहोरिन लागेको आशंका गरेका छन् ।

उनले लेखेका छन् ‘माक्सले हेगेललाई उद्धृत गर्दै भनेका थिए ‘इतिहास दुइ चोटि दोहोरिन्छ, पहिलो चोटि वियोगान्त, रूपमा र दोश्रो चोटि मजाकका रुपममा’

उनले अगाडी लेखेका छन् ‘नेकपा डबल सरकारले नेकपा बिप्लव समूहलाई ‘अपराधिक’ भन्दै औपचारिक रूपले प्रतिबन्धित गरेको भन्दै उसका विरूद्ध राज्यको सुरक्षा शक्ति प्रयोग गर्ने घोषणा गरेको छ । एउटा कम्युनिष्ट भन्ने पार्टीको सरकारले अर्को कम्युनिष्ट नै दावी गर्ने समूहलाई यसरी दमन गर्ने तयारी देख्दा विश्व इतिहासका यस्तै केही चर्चित विडम्वनापूर्ण घटनाको सम्झना गराउँछ ।’

आज भन्दा ठीक एक सय बर्ष पहिले सन् १९१९ मा जर्मनीको त्यति वेला सोसियल डेमोक्रेटी पार्टी अफ जर्मन भनिने सुधारवादी कम्युनिष्ट पार्टीको सरकारले कम्युनिष्ट पार्ठी अफ जर्मनी भनिने क्रान्तिकारी कम्युनिष्ट पार्टीमाथि दमन गरेर उनीहरूका नेताहरू रोजा लक्जेम्बर्ग, कार्ल लाइभ्नेख्त लगायतको नृसंस हत्या गरेको थियो भन्दै डा. भट्टराईले भनेका छन् ‘त्यसरीनै भारतको पश्चिम बंगालमा सन् १९६७/०७२ मा त्यहाँको सुधारवादी कम्युनिष्ट पार्टी सिपिएको सरकारले क्रान्तिकारी कम्युनिष्ट पार्टी सिपिआई–एमएलडिएफएलवाई भीषण दमन गरेर चारू मजुमदार लगायतका नेताहरूको हत्या गरेको थियो ।’

आखिर त्यसको परिणाम के भयो ? अन्तत : दुवै धारको भिन्न भिन्न प्रकारले अवसान भयो भन्दै उनले लेखेका छन् ‘के नेपालमा पनि त्यही इतिहास दोहोरिन लागेको हो ?’