उदयपुरमा विप्लवका नेता पक्राउ - Himal Post Himal Post
  • २९ फाल्गुन २०८१, बिहीबार
  •      Thu Mar 13 2025
Logo

उदयपुरमा विप्लवका नेता पक्राउ



काठमाडौं- नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता उदयपुरमा पक्राउ परेका छन् । उदयपुरका जिल्ला सदस्य तिलक तामाङ (आक्रोश) त्रियुगा नगरपालिका ७ चिसापानीबाट पक्राउ परेका हुन् ।

विप्लव समूहको गतिविधिलाई प्रतिबन्ध लगाएपछि पक्राउ परेका उनलाई विप्लवसमूहले आह्वान गरेको नेपाल बन्दको दिन राति ८ बजे पक्राउ गरिएको प्रहरीले पुष्टि गरेको छ ।

यस्तै नेकपाले सेक्रेटरी प्रशान्तले एक विज्ञप्ती जारी गर्दै राजनीतिक प्रतिशोध राखेर सुराकी गरेर आफ्ना पार्टीको जिल्ला सदस्यलाई पक्राउ गरेको प्रतिक्रिया दिएका छन् ।