सरकारलाई विप्लवको चेतावनी : भ्रष्टलाई छोड्ने हाम्रा कार्यकर्ता पक्रिने ? - Himal Post Himal Post
  • ५ माघ २०८१, शनिबार
  •      Sat Jan 18 2025
Logo

सरकारलाई विप्लवको चेतावनी : भ्रष्टलाई छोड्ने हाम्रा कार्यकर्ता पक्रिने ?



नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आफ्ना कार्यकर्तामाथि सरकारले थालेको दमनकारी क्रियाकलापप्रति आक्रोश पोखेका छन् ।

निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलका टावरमा आक्रमण भएको केही दिनपछि प्रेस वक्तव्य जारी गर्दै विप्लवले आफ्ना नेता कार्यकर्तामाथि सरकारबाट भइरहेको दमनकारी क्रियाकलाप तत्काल बन्द हुनुपर्ने बताएका हुन् ।

‘एनसेलमाथि भएको भनिएको कारबाही प्रकरणको नाममा सरकाले देशैभरीबाट हाम्रो पार्टी र जनवर्गीय संगठनका नेता कार्यकर्तामाथि धरपकड तीब्र बनाएको छ’, विप्लवले भनेका छन्, ‘गिरफ्तार गरिएकामाथि भटाभट सार्वजनिक अपराध मुद्दा चलाइँदैछ, संविधानविपरित मानसिक तथा शारीरिक यातना दिएको जानकारी पनि हामीलाई आएको छ ।’

विप्लवले यस्ता दमनकारी क्रियाकलाप तत्काल बन्द गरेर पक्राउ परेका सबै नेता कार्यकर्तालाई रिहा गर्न पनि माग गरेका छन् । ‘यो राज्यले देश र जनतालाई कङ्गाल बनाउने घुस्याहा र भ्रष्टचारीलाई कारबाहीको साटो संरक्षण गरिरहेको छ’, विप्लवले अगाडि भनेका छन्, ‘गलत काम गर्नेलाई हाम्रो कारबाहीलाई सही ठहर्‍याउनुको साटो हामीमाथि झनै दमनको भाषा बोलिरहेको छ । सरकार पनि आफू झन् भ्रष्ट, घुस्याहा र कालाबजारीसँग मिलेको पुष्टि भइसकेको छ ।’

एनसेल प्रकरण र अन्य घटनामा सरकारले पक्राउ गरेका आफ्ना सबै नेता कार्यकर्तालाई रिहा नगरे कडा कदम उठाउने चेतावनी विप्लवले दिएका छन् ।