विपिन कार्की गोठालो बनेको चलचित्र 'गोपी'को ट्रेलर यस्तो छ - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

विपिन कार्की गोठालो बनेको चलचित्र ‘गोपी’को ट्रेलर यस्तो छ



काठमाडौं– चलचित्र ‘गोपी’को ट्रेलर सार्बजनिक गरिएको छ । गाईपालक युवाको कथामा निर्मित चलचित्रलाई सञ्चारकर्मी दीपेन्द्र लामाले निर्देशन गरेका हुन ।

सार्बजनिक ट्रेलरमा एउटा शिक्षित युवा विदेश मोह त्यागेर गाउँमा गाईपालन ब्यवसाय गर्दा आउने उदारचढावलाई देखाइएको छ । चलचित्रमा अभिनेता विपिन कार्की गाईपालक किसानको भूमिकामा प्रस्तुत छन् ।

आरोही केसीको लगानी रहेको चलचित्रमा विपिनका साथमा वर्षा राउत र सुरक्षा पन्तको मुख्य भूमिका छ । साथमा भोला सापकोटा, अंकित खड्का, प्रकाश घिमिरे, रशेम अधिकारी, कमलमणी नेपाल, कुन्ती सिमाली, हिउँबाला गौतम लगायतको पनि अभिनय छ ।

चलचित्र आगामी माघ १८ गते रिलिज हुने तय भइसकेको छ ।

आरोही इन्टरटेनमेन्टको ब्यानरमा बनेको चलचित्रमा पटकथा सामिप्यराज तिमल्सिनाले लेखेका छन् । त्यस्तै कार्यकारी निर्मातामा श्रीधर पौडेल, छायाँकार शैलेन्द्र डि कार्की र सम्पादक निमेष श्रेष्ठ रहेका छन् । चलचित्रमा विप्लव प्रतीक र बुद्धिसागरले लेखेका गीतलाई न्ह्यू बज्राचार्य, अर्जुन पोखरेल र कल्याण सिंहले कम्पोज गरेका छन् । पाश्र्व संगीत रोहित शाक्यको सुन्न सकिन्छ ।