विपी, गिरिजादेखि विश्वप्रकाश शर्मासम्मलाई खाना खुवाएको छु: प्रसाई - Himal Post Himal Post
  • ९ पुष २०८२, बुधबार
  •      Wed Dec 24 2025
Logo

विपी, गिरिजादेखि विश्वप्रकाश शर्मासम्मलाई खाना खुवाएको छु: प्रसाई



काठमाडौं । मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईले पूर्वाञ्चलको झापामा रहेको बि एण्ड सी टिचिङ्ग अस्पतालको सम्बन्धन प्रक्रिया यथाशक्य पूरा गर्न सरकारसमक्ष माग गरेका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर बि एण्ड सी टिचिङ्ग अस्पतालका कार्यकारी निर्देशक समेत रहेका प्रसाईले आफू तीन वर्षदेखि अन्यायमा परेको र काठमाडौं बाहिर सुदुरपूर्वमा अस्पताल खोल्दा पनि माफियाको आरोप खेपिरहेको दुःखेसो पोखेका छन् ।

उनले भने,‘स्वास्थ्य मन्त्रालय र भवन विभागमा पहिलोपटक दर्ता भएर सम्पूर्ण मान्यताहरु पूरा गरेर सुदुरपुर्वमा मैले मेडिकल कलेज खोल्दा गोविन्द केसी र उनका अनुयायीहरुले मलाई माफिया भन्ने गरेका छन्, मैले कसैको पैसा लुटेको होईन, बिहान उठ्दा पत्रिका पढ्न समेत डर लाग्छ, खाली माफिया, माफिया भनेर भनेका छन्, लेखेका छन्, अरु मेडिकल कलेजहरुले गल्ति गरेका छैनन् भन्दिन तर गल्ति नै नगरेको ब्यक्तिलाई माफिया भनेर भन्दा मन दुख्दो रहेछ ।’

वाम एकताको लागि आफूले पनि केही भूमिका खेलेको स्विकार गर्दै तत्कालिन नेकपा एमालेका अध्यक्ष एवम वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई खाना खुवाएर बि एण्ड सिको सम्बोधन पूरा गर्न खोजिएको भनेर मिथ्या आरोप लागेकोपनि उनले गुनासो पोखे ।

प्रसाईले थपे,‘मुलुकमा स्थिर सरकार र राजनीतिक स्थायित्वको लागि मैले भूमिका खेलेको हुँ, मेरो घरमा विपीले पनि खाना खानुभएको छ, गिरिजाले पनि खानुभएको छ, नरहरी आचार्य, विश्वप्रकाश शर्माले पनि खाना खानुभएको छ, काँग्रेस, साझा विबेकशिल पार्टी एक भएर अघि बढ्छन् भने मार्सि चामलमात्रै होईन, बास्मतीको भात खुवाउन तयार छु, बिरोधको लागि बिरोध नगरौं, बिना कारण कसैलाई माफिया नभनौं, मुलुकको विकास र समृद्धिको लागि आफ्नो तर्फबाट लागौं मेरो भन्नु यत्ति हो ।’