विपन्न परिवारलाई खाद्यान्न वितरण - Himal Post Himal Post
  • ११ फाल्गुन २०८१, आईतवार
  •      Sun Feb 23 2025
Logo

विपन्न परिवारलाई खाद्यान्न वितरण



सुखड,कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–१० पहलमानपुरमा बिहीबार खाद्यान्न वितरण गरिएको छ ।
विश्वमा महामारीको रूपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण रोक्न सरकारले गरेको लकडाउनका कारण दैनिक ज्याला मजदुरी गर्न नपाएर समस्यामा परेका पच्चिस परिवारलाई सहयोग नेपालको पहलमा खाद्यान्न वितरण गरिएको हो ।

गैर आवासीय नेपाली सङ्घ स्विजरल्याण्डका उपाध्यक्ष शुभ एल्मार लामाको तिस हजार रुपैयाँको आर्थिक सहयोगमा विपन्न परिवारलाई चामल , आटा (पिठो) ,दाल, नुन, तेल सोयाविन लगायतका खाद्यान्न वितरण गरिएको सहयोग नेपालका अध्यक्ष प्रकाश मिश्रले जानकारी दिए ।

विश्व माहामारी सँग लडिरहेकावेला देशमा लकडाउनको समयमा मजदुरी गरेर बिहान बेलुकाको छाक टार्ने मजदुर वर्गलाई समस्या परेको र उहाँहरुहरुको घरमा चुल्हो नबल्ने स्थिति आएकाले आफूहरूको पहलमा एउटा पुण्यको काम गर्न पाएको अध्यक्ष मिश्रले बताए ।

अध्यक्ष मिश्रले पच्चिस परिवारको भोक मेटाउने यो पुण्य कामका लागी गैर आवासीय नेपाली सङ्घ स्विजरल्याण्डका उपाध्यक्ष शुभ एल्मार लामा लाई हार्दिक धन्यवाद दिन चाहेको बताउँदै सङ्कटको समयमा सबैले आ–आफ्नो ठाँउवाट सकेको सहयोग गर्नुपर्ने बताए ।