विवेकशीलद्वारा विपन्न मूसहर बस्तीमा लत्ताकपडा वितरण
हिमाल पोस्ट /पुस २२
विवेकशील नेपाली दल, नवलपरासीको प्रमुख आयोजना र विवेकशील नेपाली दल, रूपन्देहीको सहकार्यमा गुठी पर्सौनी-३, नवलपरासी स्थित अति विपन्न मूसहर बस्तीमा “मानवताका लागि न्यानो माया” कार्यक्रम सम्पन्न भएको छ।
करिब ४५ घर धुरी रहेको मुसहर बस्तीमा लत्ताकपडा सहित प्रत्येक घर धुरीलाई कम्बल समेत बाँडीएको थियो। उक्त कार्यक्रमलाई संयोजन विवेकशील नेपाली दल, नवलपरासीका कार्यक्रम संयोजक “हेमन्त राज न्यौपाने”, कार्यक्रम अध्यक्षता अपाङ्ग सङ्घका जिल्ला अध्यक्ष “बच्चा राजभर” र प्रमुख आतिथ्यता मुसहर-टोलका ज्येष्ठ नागरिक “मोति चन्द मुसहर”ले गर्नु भएको थियो।
उक्त कार्यक्रममा प्रमुख सहजिकरण रेडियो नवलपुरका पत्रकार “रविन्द्र यादव”ले गर्नु भएको थियो भने हामीलाई विशेष सहयोग सञ्चार क्षेत्रमा एभिन्युज टेलिभिजनका हुसैन अन्सारी, रेडियो कावासोतीका शहबान अन्सारी, रेडियो सुनवलका सन्जय कुशवाह, गा.वि.स. सामाजिक परिचालिका साधाना राय साथै सुरक्षा सहयोग शस्त्र प्रहरी बलका महेन्द्र यादव र टिम, गुठी प्रहरी चौकीका प्रहरी रिषिराम यादव र टिमले गर्नु भएको थियो।