विपक्षी गठबन्धनको रिट र हस्ताक्षर तयार - Himal Post Himal Post
  • १६ माघ २०८१, बुधबार
  •      Wed Jan 29 2025
Logo

विपक्षी गठबन्धनको रिट र हस्ताक्षर तयार



काठमाडौं । संसद विघटनविरुद्ध विपक्षी गठबन्धनले रिटको खाका तयार पारेर हस्ताक्षर संकलन गरेका छन् । विपक्षी गठबन्धनका तर्फबाट गोविन्द बन्दी, मुक्ति प्रधान, योगेन्द कार्की, सतिशकृष्ण खरेल र खम्बबहादुर खातिले रिटको मस्यौदा तयार पारका छन् ।

अधिवक्ताहरुले तयार पारेको रिटलाई अन्तिम रुप दिने कामको जिम्मा भने वरिष्ठ अधिवक्तासमेत रहेका राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारी, सांसद देव गुरुङ र कांग्रेस नेता रमेश लेखकलाई दिइएको छ । रिट तयार भएपछि आजै सर्वोच्च अदालत पुगेर दायर गर्ने तयारी छ ।

रिटमा शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गर्ने मागसहित विपक्षी गठबन्धनले सर्वोच्च अदालत जाने तयारी गरेको हो ।

अहिले कांग्रेस, माओवादी, जसपाका संसदीय दलको कार्यालयमा सांसदहरूको हस्ताक्षर संकलन र नागरिकता संकलन भइरहेको छ ।

कांग्रेस सांसद रमेश लेखकले भने, ‘विघटन गर्ने मन्त्रिपरिषद्को निर्णय खारेज गर्ने र शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश गर्न माग गर्दै रिट दायर गर्ने गरी अघि बढेका छौँ ।’