कैलालीका विद्यार्थी अभिभावकलाई विपद् जोखिमको बारेमा सिकाउँदै ।

नेत्रप्रसाद न्यौपाने /लम्की
पछिल्ला वर्षमा देशका विभिन्न ठाउँमा भएका प्राकृतिक विपद्का कारण देशले ठुलो क्षेति बेहोरी रहेका बेला विपद्को ब्यावस्थापनका साथै पूर्व तयारी बारे विद्यालयमा विद्यार्थीहरूलाई सचेत गराउन थालीको छ । प्रकोपजन्य घटनाका कारण हुने आर्थिक र मानवीय क्षति आफैँमा आर्थिक विकासमा ठुलो चुनौती बनी रहेको देखिन्छ ।
पछिल्ला वर्षहरू देशमा प्राकृतिक विपद्का दृष्टिले निकै भयावह साबित भएका छन् । मौसमजन्य, भौगर्भिक, जैविक तथा जलवायु परिवर्तनको जोखिमको दृष्टिकोणबाट निकै संकटासन्न अवस्थामा रहेको नेपालमा कहिल्यै हजारौँको ज्यान लिने भूकम्प, गाउँ नै पुर्ने पहिरो, बाढी, डढेलो, खडेरीजस्ता प्राकृतिक विपत्तिहरूले एकपछि अर्को गर्दै पिरोलिरहेका छन्, जसका कारण ठुलो धन–जन तथा पर्यावरणीय र भौतिक क्षतिको सामना गरिरहनु परेको छ देशले ।
यस्तै घटनाहरूलाई न्युनिकरण गदै आउँदो भविष्यमा नेपालले ठुलो मानवीय तथा भौतिक क्षेति बेहोर्नु नपरोस भनी युरोपियन युनियन मानवीय सहायता तथा नागरिक संरक्षण विभागको आर्थिक सहयोगमा वल्र्ड भिजन ईन्टरनेश्नल नेपाल सँगको साझेदारीमा सामाजिक विकासका लागि सचेत समाज ((ऋक्क्म्) द्वारा सञ्चालित विपद् जोखिम न्युनिकरण तथा विद्यालय सुरक्षा परियोजना” ले कैलालीको लम्कीचुहा नगरपालिका र कैलारी गाउपालिकाका विभिन्न विद्यालयमा सञ्चालन गरेको विपद् जोखिम न्युनिकरण कार्यक्रम अन्तरगतको विद्यालय सुधार परियोजनाले विद्यार्थिका साथै, शिक्षक र अभिभावकको मानसिक चेतानाको बृद्धि भएको देखिएको छ ।
जलवायु परिवर्तनका हिसाबले चौथो, भूकम्पीय हिसाबले विश्वको ११ औं तथा बाढीपहिरोलगायतका प्रकोपका हिसाबले ३० औं जोखिमपूर्ण स्थानमा रहेको भनिएको नेपालमा घटित यावत् घटनाक्रमहरूलाई दृष्टिगत गर्दा प्रकोप जोखिमजन्यताको अवस्थालाई प्रस्ट पार्छ । हिमालय क्षेत्रको कमजोर भौगोलिक बनावट, भारतीय तथा तिब्बतीयन प्लेटको बीचमा पर्ने भूकम्पीय दृष्टिले निकै जोखिमपूर्ण भौगर्भिक संरचनालगायतका कारणले नेपाल प्रकोपको उच्च जोखिममा रहेको हो । त्यसमा पनी देशको तराई मधेश क्षेत्र बढीनै जोखिम हुने क्षेत्रको रुपमा लिएको छ ।
बर्षामा बाढी, डुवान्, कटान जेष्ठ बैशाखमा ढढेलो र हावाहुरीका साथै भुकम्पीय जोखिम पनी उत्तीकै रहेको देखिन्छ । यस्ता विप्का जोखिमलाई न्युनिकरणका साथै विद्यार्थी, शिक्षक र अभिभावकमा जनचेतना फैलाउने उद्देश्यले विद्यालयमा लागु गरीएको विपद् जोखिम न्युनिकरण तथा विद्यालय सुरक्षा परियोजना” यस क्षेत्रका लागि कोशे ढुङ्गा नै साबित भएको अभिभावक विद्यार्थी बताउछन ।
कैलालीका विद्यालयमा परियोजना लागु भएपछि शिक्षमा पुर्नर ताजगी आएको छ, भने विद्यार्थिहरुमा सैदान्तीक ज्ञान मात्र नभएर ब्याबहारीक ज्ञानको विकास भएको पाइएको छ । विपद् सम्बन्धी खासै जानकार नभएका अभिाक पनी आफ्ना नानी बाबुहरुले विद्यालयमा सिकेको ज्ञान सिप गाउघरमा ल्याई सबैलाई सिकाउदा दङ्ग छन्, अभिभावक ।
विद्यालयमा परियोजना सञ्चालन हुनु भन्दा पूर्व विद्यालयका शिक्षक संग पनी सैदान्तीक ज्ञान भएता पनी ब्यावहारीक रुपमा कसरी लागु गर्न सकिन्छ ? भन्ने था हा थिएन् । तर विद्यालयमा परियोजना लागु भैसकेपछि शिक्षकका साथै विद्यार्थिमा समेत सैदान्तीकका साथै ब्यावहारीक ज्ञान सिकेको बताउनु छीन् जनसेवा माध्यामिक विद्यालय गणेशपुरका फोकल शिक्षिका गंगा भण्डारी ।
जनसेवा माध्यामिक विद्यालयमा मात्र होईन् यो परियोजना लागु भएका कैलालीको लम्कीचुहा ४ चौरीपुरमा रहेको जनता माध्याकि विद्यालय र कैलाली जिल्लाकै कैलारी गाउपालिका अवस्थीत जानकी माध्यामिक विद्यालयका फोकल शिक्षकहरु पनी आफ्नो विद्यालयमा विपद् जोखिम न्युनिकरणको योजना लागु भएको सुनाउछन । विपद् न कसैलाई भनेर आउछ , नत विप्द आउने पूर्व जानकारी नै हुन्छ । त्यसैले भन्ने गरीन्छ विपद् कहिल्यै बाजा बजाएर आउदैन् । विपद्लाई हामि चाहेर पनी रोक्न सक्दैनौ । नत त्यसको निराकरण नै हुन्छ । तर मौषमको पुर्बानुमान लगायत कहि विपद् जोखिमको मौषमलाई आकलन गरी सर्तकता भने अपनाउन सकिन्छ ।
नेपालमा प्रकोप संकटासन्नताको पक्ष आफंैमा संवेदनशील छ, तर त्योभन्दा भयानक विषय भनेको विपद्को कारण हुने क्षतिको दर निकै उच्च हुनु हो । जोखिम न्यूनीकरण तथा पूर्वतयारीमा पर्याप्त लगानी र चासो कम हुनु, जनचेतनाको अभावजस्ता कारणहरूले गर्दा विभिन्न खालका प्रकोपहरूबाट हुने आर्थिक तथा मानवीय क्षति बढिरहेको अवस्था विगतका वर्षमा रहेको देखिएको छ ।
विद्यार्थिले विद्यालयमा कितावि ज्ञान त लिई रहेका हुन्छन । तर हाम्रो घोघन्ते शिक्षा प्रणालीकाका कारण विद्यार्थिको बाहियज्ञान तेति भएको हुदैन् । जसका कारण आफुले सिकेको सिप पनी उनीहरु प्रस्तुत र प्रर्दशन गर्न सक्दैनन् । यहि बाहिय ज्ञान र ब्याबहारीक ज्ञानले विद्यार्थिमा अझै दक्ष बनाउने काममा एक ई्टा थप्नेकाम विपद् जोखिम न्युनिकरण तथा विद्यालय सुरक्षा परियोजनाले गरेको छ । कितावि ज्ञानमा जति अब्बल भएपनी यदि त्यो विद्यार्थी ब्याबहारीक रुपमा बाहिर ल्याउन सक्दैन् भने काम लाग्दैन् ।
विपद् जोखिम न्युनिकरण तथा विद्यालय सुरक्षा परियोजनाले विद्यार्थिमा आज चेतना मात्र ल्याएको छैन, ताकी यसको महत्व अब विद्यालयको पाठ्यक्रममा समेत यो शिक्षालाई अनिबार्य रुपमा समेटीनु पर्ने शिक्षक , अभिभावकले समेत आवश्यक्ता औल्याउन थालेका छन् । विपद् जोखिमको क्षेत्रमा विद्यार्थिको जिवनमा विपद् जोखिम न्युनिकरण तथा विद्यालय सुरक्षा परियोजनाले आफ्नो जिवनमा महत्वपुर्ण परिर्बतन ल्याएको कैलारी गाउपालिका वडा नम्बर ६ को जानकी माध्यामिक विद्यालय बनकट्टामा अध्यनरत विद्यार्थी अर्पना कुमारी चौधरी बताउछीन ।
त्यति मात्र हाईन विद्यालयमा पहिले विद्यालयको चौरमा खाल्डाखुल्डीका साथै बर्षातको समयमा समेत पानी जम्ने अवस्थाका कारण पढाईमा समेत बाधा पुग्ने गरेको स्मरण गदै चौधरीले अहिले विद्यालयको अवस्था परिर्बन भई विद्यालयको स्थान सुरक्षित भएको भन्दै खुसि ब्यक्त गरीन् ।
युरोपीयन युनियन मानवीय सहायता तथा नागरीक संरक्षण विभागको आर्थिक सहयोगमा वल्र्ड भिजन ईन्टरनेश्नल नेपाल सँगको साझेदारीमा सामाजिक विकासका लागि सचेत समाज ((ऋक्क्म्) द्वारा सञ्चालित विपद् जोखिम न्युनिकरण तथा विद्यालय सुरक्षा परियोजना” यस क्षेत्रका विभिनन विद्यालयमा लागु भैसकेपछि विद्यार्थिहरुमा विपद् जोखिमको बारेमा मानसिक चेतानाको बृद्धि भएको देखिएको छ । विद्यालय आउदा कितावि ज्ञानमा मात्र सिमित रहने विद्यार्थिहरुले ब्यावहारीक ज्ञान यस भन्दा अगाडि पाउन नसकेको प्रतिक्रिया समेत दिएका छन् । परियोजना संगै जिल्लाका स्थानियतहले समेत विपद् जोखिम न्युनिकरणको लागि बार्षिक मौषमि पात्रो, सुरक्षित स्थान र महत्वपुर्ण टेलीफोन नम्बरहरु समेत विद्यालयमा सबैले देखिने ठाउँमा राख्न लगाएका छन् । विपद् जोखिम न्युनिकरणका लागि जनप्रतिनिधिहरुले समेत चासो ब्यक्त गदै बार्षिक योजना निमार्णमा नै यस विषयलाई समेटी बजेट तर्जुमा समेत गर्ने गरेका छन् ।
आउदा वर्षमा विपद् सम्बन्धी वडामा खासै बजेट विपद् जोखिम न्युनिकरणका लागि नछुटाईने गरेको भएनी यो बर्ष देखि उचित बजेट विनियोजन गरेको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष भक्तबहादुर चलाउनेको भनाई छ । वडा अध्यक्ष चलाउनेले विपद् सम्बन्धी वडा स्तरीय छुट्टै कोषको निमार्ण गर्नका लागि आफुले पहल गरीरहेको बताउछन ।
यस्तै लम्कीचुहा नगरपालीका वडा नम्बर १ का वडा अध्यक्ष समेत रहेका नगरपालिकाका शिक्षा तथा सामाजिक विकास शाखाका संयोजक जनक बहादुर बलमे नगरपालीकाको शिक्षा नितिमा नै विपद् जोखिम न्युनिकरण सम्बन्धी पाठ्यक्रम तयारपार्ने योजना तयार पारेको बताएका छन् ।
त्यति मात्र हाईन लम्कीचुहा नगरपालिकाले विपद् जोखिम न्युनिकरण सम्बन्धी नगर अन्तरगत रहेका सम्पुर्ण सरोकारवाला संघ संस्थाको समन्वयमा शिक्षा भैपरि समिति समेत गठन गरी नगरपालिका अन्तरगत विद्यालयमा रहेका विपद्हरुको योजना बनाई सकेको र छिट्टै नगर कार्यपालीका बाट अनुमोदन गरीने लम्कीचुहा नगरपालिका स्तरीय विपद् जोखिम तथा बातावरण ब्यवस्थापन समितिका सदस्य सचिव एवम् विद्यालय सुधार परियोजनाकमा फोकल पर्सन विष्णु खनालले बताएका छन् ।
उता कैलारी गाउपालिकाका अध्यक्ष लाजुराम चौधरीले सामाजिक विकासका लागि सचेत समाजले सञ्चालन गरेको विद्यालय सुधार परियोजनाले विद्यालयका विद्यार्थी र तिनका अभिभावकमा धेरै परिर्बतन आएको बताए ।
परियोजनाले विद्यालय र समुदायमा ल्याएको परिर्बतन उद्दारणीय काम भएको अध्यक्ष चौधरीको भनाई छ । परियोजना लागु भए संगै गाउपालीका र वडामा समेत विपद् ब्यवस्थापन समिति गठन गरी जनचेतना जगाउने गरेको गाउपालिका अध्यक्ष चौधरीको भनाई छ ।
विद्यार्थी आफ्ैमा मात्र होईन् परियोजनाले सिकायका कुरा समुदायमा समेत चेतानाको रुपमा फैलाएका छन् । हेर्दा र सुन्दा सामान्य लाग्ने ३ शब्दको विपद्ले गर्दा निम्त्याउने जोखिम भयानक रहेको विद्यार्थिलाई ज्ञान भएको छ । करीब १ बर्ष अवधिमा परियोजनाका सामाजिक परिचालक र विद्यालयमा अध्यापन गराउने शिक्षकहरुले विपद् जोखिमको बारेमा संगै सिकाएको ज्ञान आफुहरुको लागि जिवन उपयोगी भएको लम्कीचुहा नगरपालिका वडा नम्बर २ स्थीत परियोजना लागु भएको जनसेवा माध्ध्यामिक विद्यालयमा अध्यनरत विद्यार्थी रेखा भण्डारी बताउछीन् ।
वस्तुतः प्राकृतिक प्रकोपहरू स्वचालित घटनाक्रम हुनुका नाताले यिनलाई रोक्न नसकिने भए पनि यसबाट हुने क्षति घटाउन सकिन्छ । युरोपीयन युनियन मानवीय सहायता तथा नागरीक संरक्षण विभागको आर्थिक सहयोगमा वल्र्ड भिजन ईन्टरनेश्नल नेपाल सँगको साझेदारीमा सामाजिक विकासका लागि सचेत समाज ((ऋक्क्म्) द्वारा सञ्चालित विपद् जोखिम न्युनिकरण तथा विद्यालय सुरक्षा परियोजना” जस्तै स्थानिय सरकारले पनी विद्यालय र समुदायमा यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्न जरुरी देखिन्छ । मानवजन्य प्रकोपहरूको नियन्त्रण मानिसकै हातमा हुन्छ ।
विकास–प्रक्रियामा विपद् व्यवस्थापनको विषयलाई आबद्ध गर्ने, विपद् व्यवस्थापनको विषयलाई गरिबी निवारण र सामुदायिक सशक्तिकरणसँग जोड्ने, वातावरण संरक्षण तथा स्रोतकोे दिगो उपयोगजस्ता विषयमा जनचेतना वृद्धि गर्ने र राहत तथा उद्धारमुखीभन्दा पनि प्रकोप सुरक्षा र पूर्वतयारीका विषयमा राज्यका निकायहरू केन्द्रित हुने, र विद्यालयका साथै समुदायमा विपद् जोखिमको बारेमा जनचेतना जगाउने हो भने विपद्बाट हुने क्षति घटाउन सकिन्छ । हामी प्राकृतिक प्रकोपको उच्च जोखिममा रहे पनि जोखिमबाट बच्ने र क्षतिलाई न्यूनीकरण गर्ने उपायका बारेमा अनभिज्ञ नै देखिएका छौ। तर युरोपीयन युनियन मानवीय सहायता तथा नागरीक संरक्षण विभागको आर्थिक सहयोगमा वल्र्ड भिजन ईन्टरनेश्नल नेपाल सँगको साझेदारीमा सामाजिक विकासका लागि सचेत समाज ((ऋक्क्म्) द्वारा सञ्चालित विपद् जोखिम न्युनिकरण तथा विद्यालय सुरक्षा परियोजना” ले कैलालीका विभिन्न विद्यालयमा लागुगरेको कार्यक्रम झै अब स्थानिय सरकार आफैले विपद् जोखिम न्युनिकरण सम्बन्धी कार्यक्रम समुदायमा सञ्चालन गर्ने हो भने सबै नागरीक सचेत हुन समय लाग्ने देखिदैन् । त्यसैले प्रकृतिको खेल भनी प्रकोप सहनु हाम्रो बाध्यता बनिरहेको छ । हामीले प्राकृतिक प्रकोपलाई पूर्ण रूपमा रोक्न नसके पनि पूर्वतयारी र सावधानी अपनाउने हो भने क्षति न्यूनीकरण गर्न सक्छौँ ।
जनचेतना जगाउने हो भने मानवीय कारणले गर्दा हुने प्राकृतिक विपत्तिको दर पनि कम गर्न सकिन्छ । यसका लागि सम्बन्धित निकायले विपत्तिपछि राहत बाँड्न दौडिनेभन्दा प्रकोपको जोखिम कम गर्ने, क्षति घटाउनेलगायतका पूर्वतयारीका उपायमा ध्यान केन्द्रित गर्नुपर्छ ।

