बिपद जोखिम न्यूनीकरण तथा जलबायु परिवर्तन अनुकुलन योजना गोष्ठी सम्पन्न

जमुना न्युरे / रामेछाप ।
विद्यालयमा आधारित बिपद जोखिम न्यूनीकरण तथा जलबायु परिवर्तन अनुकुलन योजना /पाठ्यक्रम तयारी गोष्ठि भृङ्गेस्वर माध्यमिक विद्यालय कोटगाउ रामेछापमा सम्पन्न भएको छ ।
कार्यक्रममा विद्यालयमा जलबायु परिवर्तन ले के कस्तो असर पारेको छ । विद्यालयमा जलबायु परिवर्तन को असर बाट कसरी वच्न सकिन्छ । स्थानिय तहमा स्थानिय पाठ्यक्रम निर्माणमा जलबायु परिवर्तन , जलबायु परिवर्तन असर बाट जोगिन सक्ने उपाय जस्ता विषय लाई कसरी समेट्ने भन्ने मुल विषयमा गोष्ठी गरिएको थियो।
कार्यक्रम को प्रमुख अतिथिको आसन्न बाट बोल्दै
लिखुतामा कोसि गाउपालिका वडा नं ४ का वडा सद्स्य डुन्डी राज तिमिल्सेनाले बिपत , प्रकोप , जोखिम , कुनै बाजा बजाएर आउदैन त्यो भएर पुर्ब तयारी पनि नगर्ने बताए अब गाउँ पालिका मा पनि यस्ता कार्यक्रम गर्ने बताउनु भयो । एक बर्ष देखि काम गरेको हो तर यो विषय मा वडा तहमा कार्यक्रम ल्याउन का लागि योजना निर्माण गर्ने र बिपत न्यूनीकरण का लागि पुर्ब तयारी हुनु जरुरी रहेको तिमिरहेकोलेे बताए ।
भृङ्गेस्वर माध्यमिक बिधालय कोटगाउका प्र . अ . सोम बहादुर महतले हिमाल ,पहाड र तराइ सबै सङ सहकार्य गर्ने हिमावन्ती नेपाल प्रती आभार प्रकट गर्नु भयो । बायु परिवर्तन के हो ? त्यसको ब्यबस्थापन कसरी गर्ने ,
विभिन्न सघं सस्थाले काम गर्दा गाउँ भन्दा बिधालयमा राख्दा राम्रो अझ प्रभाकारी , ब्यबस्थापन का लागि योजना निर्माण ,आर्थिक कुरा जोडिएको छ यसको लागि गाउँ पालिकाले भुमिका खेल्नु पर्ने आग्रह गर्दै पाठ्यक्रम निर्माणका लागि सामान्य खाका तयार गर्दा समय छोटो भएको बताउनु भयो।
कार्यक्रममा बिधालय ब्यबस्थापन समिती को पुर्ब अध्यक्ष शिब बहादुर तामाङले महिलाहरुले धेरै काम गर्न सक्छन् जहाँ महिला लाई घरको काम मात्र सिमित हुनु हुदैन केही गर्नु पर्ने बताउनु भयो ।
सामुदायिक जनशक्ती बिकास कार्यक्रम गोल्माटार रामेछापको आयोजनामा , हिमवन्ती नेपाल कैलालिले सहजिकरण गरेको थियो ।
कार्यक्रम माथी प्रकाश लक्ष्मी केसि हिमावन्ती नेपाल कैलाली अध्यक्ष पार्नु भएको थियो ।

