विप्लवलाई अर्को झट्का, नवलपरासी जिल्ला इञ्चार्जसहित दुई जना पक्राउ - Himal Post Himal Post
  • १ चैत्र २०८१, शनिबार
  •      Sat Mar 15 2025
Logo

विप्लवलाई अर्को झट्का, नवलपरासी जिल्ला इञ्चार्जसहित दुई जना पक्राउ



प्रहरीले विप्लव नेतृत्वको नेकपाका नवलपरासी जिल्ला इञ्चार्जसहित दुई जनालाई सोमबार राति पक्राउ गरेको छ ।

नेकपाका नवलपरासी इञ्चार्ज सुमन ज्ञवाली र पूर्वी नवलपरासीका जिल्ला सदस्य धनबहादुर मर्दनियालाई प्रहरीले राति घरबाटै नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका उनीहरुलाई अहिले जिल्ला प्रहरी कार्यालय, कावासोती नवलपुरमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता अर्जुन रानाभाटले जानकारी दिए ।

तत्कालीन माओवादी केन्द्रको नवलपरासी जिल्ला कार्यालय सचिव सुमनले प्रचण्ड नेतृत्वको पार्टीमा आएको विभाजनमा वैद्यलाई साथ दिएका थिए । पछि विप्लवले पार्टी फुटाएपछि उनी त्यसमै सक्रिय थिए ।

पक्राउ परेका नेकपाका जिल्ला सदस्य मर्दनिया कावासोती १५ शेरगञ्ज का हुन् । उनी सेन्टपोल बोडिङ्ग स्कुल गोछडाका शिक्षकसमेत भएको बताइएको छ ।