विनोद चौधरी पनि बने मन्त्री - Himal Post Himal Post
  • ९ माघ २०८२, बिहीबार
  •      Thu Jan 22 2026
Logo

विनोद चौधरी पनि बने मन्त्री



काठमाडौं -प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गठन गरेको छाया सरकारको मण्डलमा नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरी परेका छन्। नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य चौधरी छाया सरकारको अर्थ मन्त्रालय हेर्नेगरी मन्त्रिमण्डलमा छनौट भएका छन्।

कांग्रेस संसदीय दलले पुस २४ गते छाया सरकारमा रहन इच्छुक सांसदलाई मन्त्रालय खुलाएर नाम दिन आग्रह गरेको थियो। नाम मागेको पाँच महिनापछि गठन भएको सरकारमा २१ वटै मन्त्रालयपिच्छे संयोजक (मन्त्री) र सदस्यहरु तोकिएका छन्।

अर्थमन्त्रालय हेर्नेगरी संयाजकको भुमिका डा मिनेन्द्र रिजाल रहेका छन्। चौधरी र मिना पाण्डे सदस्यको भुमिका छन्।

छाया सरकारका मन्त्रीहरूलाई आफ्नो मन्त्रालयअन्तर्गत भए गरेका कामकारबाहीको विवरण राखेर त्यसमा भएका गल्ती कमजोरी ‌औंल्याई सार्वजनिक बहसको विषय बनाउने जिम्मेवारी हुन्छ। छाया सरकारमा प्रधानमन्त्री भने तोकिएको छैन।

अधिकांश मन्त्रालय हेर्न एक संयोजक र दुई सदस्य छन्। यी सदस्यले मन्त्रालयले गर्ने कामकारवाही नजिकबाट निहाल्नेछन् र संयोजकलाई जानकारी दिनुपर्नेछ। सबै संयोजकहरु (छाँया मन्त्री) ले सभापति देउवालाई संसदीय दलको बैठकमा विवरणबारे बेलाबेला जानकारी गराउनुपर्नेछ। छाँया मन्त्रीकै प्रतिवेदन र विवरणका आधारमा कांग्रेसले दुवै सदनमा सरकारका कामकारबाहीबारे प्रश्न उठाउने तयारी गरेको हो।