खर्बपति विनोद चौधरी काँग्रेसको चुनाव प्रचारमा खट्ने - Himal Post Himal Post
  • १४ माघ २०८२, मंगलवार
  •      Tue Jan 27 2026
Logo

खर्बपति विनोद चौधरी काँग्रेसको चुनाव प्रचारमा खट्ने



काठमाडौं ।

नेपालका एकमात्र घोषित खर्बपति बिनोद चौधरीलाई नेपाली कांग्रेसले चुनावी प्रसार प्रचारमा खटाउने निर्णय गरेको छ ।

मंगलबार काँग्रेस केन्द्रीय कार्यालयले सार्वजनिक गरेको निर्वाचन परिचालन समितिका सदस्यहरुको सूचीमा उनको नाम पनि समावेश गरिएको छ ।

काँग्रेसले सार्वजनिक गरेको ७५ सदस्यीय परिचालन समितिको ३४ औं नम्बरमा चौधरीको नाम समावेश गरिएको छ । चौधरी केही समय अघि मात्रै नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् भने उनको नाम काँग्रेसले समानुपातिक उम्मेदवारको बन्दसूचीमा ९२ औं नम्बरमा राखेको छ । उनी मधेशी कोटा तर्फ भने पहिलो नम्बरमा परेका उम्मेदवार हुन् ।

उनी सँगै समितिका कुनैपनि सदस्यलाई कुन् जिल्लामा प्रचारको लागि खटाउने भन्ने विषय भने काँग्रेसले सार्वजनिक गरेको छैन । काँग्रेसले यही समितिमा प्रतिनिधि सभा तथा प्रदेश सभामा टिकट नदिएका केन्द्रीय सदस्यहरु सुरेन्द्र पाण्डे, धनराज गुरुङ, बद्री पाण्डे, कल्याण गुरुङ, गुरु घिमिरे लगायत नेतासँगै समानुपातिकको बन्दसूचीमा नाम समावेश भएका नेताहरुलाई पनि समितिमा समावेश गरिएको छ ।