विनोद चौधरीलाई नरेन्द्र मोदीको निम्तो, दिल्ली पुगे चौधरी - Himal Post Himal Post
  • ५ असार २०८१, मंगलवार
  •      Tue Jun 18 2024
Logo

विनोद चौधरीलाई नरेन्द्र मोदीको निम्तो, दिल्ली पुगे चौधरी



काठमाडौं -चौधरी ग्रुपका अध्यक्ष एवं सांसद विनोद चौधरी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सथप ग्रहणमा निम्त्याइएका छन् । उनी समारोहमा भाग लिन दिल्ली पुगिसकेका छन् ।

भारतको राष्ट्रपति कार्यालयबाट सपथ ग्रहणमा सहभागिताका लागि उनलाई निम्तो आएको थियो । मोदीको सपथ आज साँझ सात बजे हुँदैछ ।

अध्यक्ष चौधरी मोदीसँग व्यक्तिगत रूपमा समेत निकट मानिन्छन् । सन् २०१४ मा मोदीको पहिलो प्रधानमन्त्री कार्यकालका लागि सपथ ग्रहण समारोहमा पनि चौधरीलाई निमन्त्रणा गरिएको थियो । मोदी गुजरातको मूख्यमन्त्री छँदै चौधरी उनीसँग निकट थिए ।