कांग्रेसले अर्थ समितिमा विनोद चौधरीलाई पठायो - Himal Post Himal Post
  • ५ चैत्र २०८१, बुधबार
  •      Wed Mar 19 2025
Logo

कांग्रेसले अर्थ समितिमा विनोद चौधरीलाई पठायो



काठमाडौं-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सांसद तथा ब्यापारी विनोद चौधरीलाई प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा पठाएको छ ।

कांग्रेसबाट अर्थ समितिमा शिर्ष नेताहरू रहेपनि उनीहरूको उपस्थिति भने निरिह हुने गरेको थियो । आर्थिक नीति, बजेट कार्यान्वयन र निर्माणमा काम गर्ने अर्थ समितिमा कांग्रेसको उपस्थिति कमजोर थियो ।

महामन्त्री डा. शशांक कोइराला, पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायतका पार्टीका शीर्ष नेता यो समितिमा भएपनि बैठकमा भने न्यून उपस्थिति हुने गरेको थियो ।