बिन्दास लाईफको पहिलो पोस्टर सार्वजनिक - Himal Post Himal Post
  • ३० माघ २०८२, बिहीबार
  •      Thu Feb 12 2026
Logo

बिन्दास लाईफको पहिलो पोस्टर सार्वजनिक



समीर प्रकाश पाण्डे

राजु गिरी प्रोडक्सनको ब्यानरमा बनेको चलचित्र बिन्दास १,२,३ को सफलता सँगै हालै मात्र ‘बिन्दास लाइफ’ को पोस्टर सार्वजनिक भएको छ । चलचित्रमा हिरोईनको रूपमा बिन्दास १ मा सुष्मा कार्की, बिन्दास २ मा अनिषा गुरुङ बिन्दास ३ मा शोभिच्छा थापाको को अभिनय रहेको थियो भने यस पालि बिन्दास लाईभमा नयाँ अनुहार सपना लामिछानेलाई देख्न सकिन्छ ।

बिन्दासको सिक्वल फिल्म बनाउँदै आएका निर्देशक राजु गिरीको यो चलचित्र निकै आकर्षकका रूपमा हेरिएको छ । यस चलचित्रमा समावेश गरिएको गीतको छायाङ्कन गर्नका लागि मात्र १० लाख खर्च भएको निर्देशक राजु गिरीले बताएका छन्

सार्वंजनिक भएको पोस्टर हेर्दा पनि यो चलचित्र आशावादी देखिएको छ । चलचित्रलाई राजु गिरीले निर्देशन गरेका हुन । चलचित्रमा प्रथम खड्का, सपना लामिछाने, चिरण अधिकारी लगायतका कलाकारहरूको अभिनय रहेको छ । चलचित्रको प्रदर्शन मिति पुस २१ लाई टोकिएको छ ।