विना सम्झौता अनसन तोड्दै डा. केसी - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

विना सम्झौता अनसन तोड्दै डा. केसी



 

३१ साउन, काठमाडौँ
२३ दिन लामो एघारौँ अनसनमा रहेका डा. गोविन्द केसीले विना सम्झौता आमरण अनसन तोड्ने तयारी गरिरहेका छन् ।

अन्य माग सम्बोधन भए पनि चिकित्सा शिक्षा विधेयक भने सम्बोधन भएको छैन ।

केही दिन यताको भीषण वर्षाका कारण देशभर बाढी पहिरोको विषम परिस्थितिलाई मध्यनजर गरेर अनसन तोड्न लागिएको नताइएको छ ।
डा. केसीले अनसन तोड्नु अघि चिकित्सा शिक्षा विधेयकबाहेकका माग भने सम्बोधन भएको छ ।

त्रिभुवन विश्वविद्यालयले मेडिकल कलेजको सिट र शुल्क निर्धारणको अधिकार आईओएममा फिर्ता गरेको छ । ‘सट र शुल्क निर्धारणका सम्बन्धमा आईओएमले जे सिफारिस गर्छ, सिनेटमा लैजान्छौं भनेर डिनलाई लेखी पठाएको छु,’ त्रिवि उपकुलपति तिर्थ खनियाले अनलाइनखबरलाई बताए ।

आईओएमको स्वायत्तता सम्बन्धी अध्यन गरेर सुझाव दिन गठन भएको कार्यदलले दिएको रिपोर्ट पनि त्रिवि सिनेटमा पेस गर्ने बचन खनियाले दिएका छन् ।