बिना मगरद्वारा मतदातालाई भेट्न घरदैलो अभियान - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

बिना मगरद्वारा मतदातालाई भेट्न घरदैलो अभियान



कञ्चनपुर- कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित बिना मगरले बुधबारदेखि मतदातालाई भेट्न घरदैलो अभियान थालेकी छिन्।

वाम गठबन्धनको नेकपा माओवादी केन्द्रबाट विजयी उनले धन्यवाद ज्ञापन गर्न घरदैलो अभियान थालेकी हुन्।मतदाताको मतको कदर गर्दै गुनासो सम्बोधनका घरदैलो अभियान सुरु गरेको मगरले बताइन्। बुधबार कञ्चनपुरको बेलडाँडी गाउँपालिकाको चवन्नी बजारमा मतदाता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले बेलडाँडी क्षेत्रका बासिन्दालाई जिल्ला सदरमुकाम जोड्ने दैजी-बेल्डाँडी सडक निर्माणको कार्य पहिलो प्राथमिकतामा रहेको बताइन्।

तुरुन्तै गुणात्मक तरिकाले सडकलाई कालोपत्रेमा परिणत गर्नका लागि अबका केही दिनमै कार्य अगाडि बढाउनका लागि प्रयत्न गरिने उनको भनाइ छ।स्थानीय कमला गुर्धामीले मगरलाई सरकारको शक्तिशाली मन्त्री भएको हेर्न चाहेको धारणा राखिन्।

महिलाको हकहितमा धेरैभन्दा धेरै काम गर्न पनि उनले सुझाव दिइन्। स्थानीय मतदाताले तत्काल गाउँपालिका क्षेत्रमा इन्टरनेट सेवाबाट वञ्चित भएकाले यसका लागि कार्य बढाउनका लागि पहल गरिदिन उनले माग गरिन्।मतदाताले उठाएका सबै माग सम्बोधन गरेर अगाडि बढ्ने महिला नेतृ मगरले बताइन्।रासस