बिना मगरका कारण मेलम्चीमा घाटैघाटा, दुई अर्ब ५२ करोड नोक्सानी हुँदै - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

बिना मगरका कारण मेलम्चीमा घाटैघाटा, दुई अर्ब ५२ करोड नोक्सानी हुँदै



काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनाको बाँकी कामको लागि ठेक्का लगाउने निर्णय गरेको छ । राज्यलाई थप दुई अर्ब ५२ करोड रुपैयाँ भार पर्ने गरी ठेक्का लगाउन लागिएको हो ।

अघिल्लो ठेकेदारलाई ३६ करोड रुपैयाँ भुक्तानी नदिएर भगाएको सरकारले बाँकी तीन प्रतिशत कामका लागि यति धेरै रकम खर्चन लागेको हो । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

मन्त्रिपरिषद्ले निर्णय गरेको तीन दिनपछि बिहीबार सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले मेलम्चीमा नयाँ ठेक्कासम्बन्धी प्रस्ताव पारित भएको जानकारी दिए ।