मन्त्री बिना मगरले गरिन क्यान्सर, स्तन र पाठेघरको स्वास्थ्य परीक्षण : यस्तो छ रिपोर्ट - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

मन्त्री बिना मगरले गरिन क्यान्सर, स्तन र पाठेघरको स्वास्थ्य परीक्षण : यस्तो छ रिपोर्ट



काठमाडौं। खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले क्यान्सर रोगसम्बन्धी सम्पूर्ण रोगको परीक्षण गराएकी छिन् ।

भक्तपुरस्थित क्यान्सर अस्पतालमा मन्त्री मगरले बिहीबार क्यान्सरको स्वास्थ्य परीक्षण गराएकी हुन् । मन्त्री मगर नेकपाको दोस्रो तहको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की बुहारी पनि हुन् ।

माघ १३ गते क्यान्सरसम्बन्धी सम्पूर्ण जाँच गराएकी मगरलाई क्यान्सरसम्बन्धी कुनै लक्षण देखिएको छैन ।

अस्पतालका मेडिकल डाइरेक्टर प्रा.डा. ऋषिकेशनारायण श्रेष्ठले मन्त्री मगरलाई क्यान्सरसम्बन्धी कुनै पनि समस्या नरहेको जानकारी दिए ।

मन्त्री मगर दुई महिनाअघि गराइएको जाँचको रिपोर्टसहित बिहीबार पुनः फलोअपको लागि अस्पताल पुगेकी थिइन् । मगरलाई क्यान्सरसम्बन्धी कुनै पनि लक्ष्ण पनि देखिएको छैन ।

दुई महिनाअघि नियमित स्वास्थ्य जाँच गरेकी अस्पतालकी स्त्रीरोग विशेषज्ञ डा.सृष्टि श्रेष्ठले बिहीबार मगरको स्वास्थ्य जाँच गरेकी थिइन् ।

मन्त्री मगरले नियमित स्वास्थ्य जाँचसँगै पाठेघर र स्तनको समेत परीक्षण गराएकी थिइन् ।

चिकित्सकहरूले सबै रिपोर्ट राम्रो भएको र स्वास्थ्य अवस्था सामान्य भएको जानकारी दिएपछि मन्त्री मगरको खुसी भएकी थिइन् ।

मगरले धेरै पहिल्यै रिपोर्ट आए पनि फुर्सद नपाउँदा फलोअपमा आउन नसकिएको प्रतिक्रिया दिइन् ।