रञ्जु दर्शनालाई बिना मगरको काउन्टर ! - Himal Post Himal Post
  • २ माघ २०८१, बुधबार
  •      Wed Jan 15 2025
Logo

रञ्जु दर्शनालाई बिना मगरको काउन्टर !



काठमाडौं । खानेपानीमन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजनाको विषयलाई जोडेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रञ्जु दर्शनाले गरेको उजुरीका सम्बन्धमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएकी छन् ।

एक प्रेस विज्ञप्ति जारी गर्दै उनले आफू विरुद्ध आधारहीन, विना प्रमाण राजनीतिक पूर्वाग्रह राखेर चरित्र हत्या गर्ने उद्देश्यले अख्तियारमा उजुरी दायर गरिएको बताएकी हुन्।

आम नेपालीको प्रतीक्षा, प्रतिष्ठा र गौरवको आयोजना भएको भन्दै मन्त्री मगरले गलत मनसायका साथ गरिने प्रचारप्रति समेत दुःख व्यक्त गरेकी छन्। आफ्नो कार्यकालमा नै आयोजनाको सुरुङ निर्माण सम्पन्न भएको तथा अधिकाशं काम सम्पन्न भएपनि केही काम बाँकी रहेको अवस्थामा इटालियन ठेकेदार कम्पनी सिएमसीले धोका दिँदा समस्या आएको मन्त्रीको प्रष्टोक्ति छ ।

ठेकेदार कम्पनी आर्थिक रुपमा टाट पल्टिँदा आयोजनामा समस्या आएको उनकोभनाइ छ । कानूनी मान्यता नाघेर कुनै अवैधानिक निर्णय लिन नसक्नेमा जोड दिँदै उहाँले राज्यद्वारा निर्देशित ऐन, कानूनप्रतिको प्रतिवद्धता र सुशासनप्रतिको सङ्कल्पलाई अक्षुण राख्न प्रतिवद्ध रहेको स्पष्ट पारेकी छन् ।

उनले मेलम्ची खानेपानी विकास समिति आफैमा स्वायत्त, अधिकारसम्पन्न सरकारी निकाय भएकाले आयोजनाको कुनै पनि निर्णयमा मन्त्रीको हस्ताक्षर नचल्ने र मन्त्रालयका सचिव अध्यक्ष रहने आयोजनामा सञ्चालक समितिको निर्णय नै अन्तिम हुने जानकारीदिएकी छन्। आयोजनाको कुनै प्रस्ताव मन्त्रीपरिषदमा लैजाने परिस्थितिमा मात्र मन्त्रीको माध्यम हुँदै पेश हुने प्रक्रिया उल्लेख गर्दै उनले प्रसंग नै नभएको विषयमा मन्त्रीलाई जोड्न खोज्नु राजनीतिक पूर्वाग्रह र बेइमानी भएको उल्लेख गरिन ।

यस्तो छ विज्ञप्ति