लुम्बिनीमा पनि सांसद गायव - Himal Post Himal Post
  • ६ फाल्गुन २०८२, बुधबार
  •      Wed Feb 18 2026
Logo

लुम्बिनीमा पनि सांसद गायव



काठमाडौं- नेकपा (एमाले) लुम्बिनी प्रदेश सभाकी सांसद विमलाकुमारी खत्री (ओली) एकाएक सम्पर्कविहीन बनेकी छन्। उनी आइतबार माओवादी प्रवेश गरेलगत्तै सम्पर्कविहिन बनेको बताइएको छ ।

बालुवाटारको बैठकमा पनि प्रधानमन्त्री ओलीले सांसद विमला वलीलाई गायव पारेर विज्ञप्ति जारी गर्न लगाइएको दाबी गरेका थिए ।

आज बिहानै राजीनामा दिएका मुख्यमन्त्री शंकर पोखरेलको एकल बहुमत पुग्ने आकलन गरिएकै बेला संसद ओली माओवादी प्रवेश गरेकी थिइन् भने प्रवेश गरेलगत्तै उनी सम्पर्कविहिन बनेकी छिन ।

एमालेका एक सांसदका अनुसार सांसद ओली सम्पर्कविहीन भएपछि लुम्बिनीमा खैलाबैला मच्चिएको छ ।

ओली दाङ क्षेत्र नम्बर तीन प्रदेश ‘ख’ बाट प्रत्यक्ष निर्वाचित भएकी थिइन्। उनका श्रीमान उत्तरकुमार ओली सवारी दुर्घटनामा मृत्यु भएपछि उपनिर्वाचनबाट निर्वाचित भएकी थिइन्।

एमालेका ४१ जना सांसदमध्ये ओली माओवादी प्रवेश गरेपछि ४० जना मात्रै छन्।