विमानस्थलका नासु शाक्य ५० हजार रुपैयाँ घुससहित पक्राउ - Himal Post Himal Post
  • २० माघ २०८२, सोमबार
  •      Mon Feb 2 2026
Logo

विमानस्थलका नासु शाक्य ५० हजार रुपैयाँ घुससहित पक्राउ



काठमाडौं- अन्तर्राष्ट्रिय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत नायब सुब्बा राजदीप शाक्य ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले विमानस्थलमा घुस लिइरहेको समयमा शाक्यलाई रंगेहात पक्राउ गरेको हो। भन्सार कार्यालयको आगमन कक्ष अन्तर्गत सुनचाँदी हिरा तथा बहुमुल्य वस्तु परीक्षण कक्षमा उनी करार सेवामा कार्यरत थिए।

यसअघि भन्सार कार्यालयमा शाखा अधिकृत भई अवकाश भएपछि उनी करारमा एक्सरे मेसिनमा कार्यरत थिए। शाक्यले विदेशबाट आयात भएको ५६/५६ लाखको दरले भन्सार बुझाएको दुई कन्साइन्मेन्टको दुई टन चाँदी विमानस्थलबाट बाहिर लान कानुनी प्रक्रिया पूरा गर्ने क्रममा प्रति कन्साइन्मेन्टको २५ हजारको दरले ५० हजार घुस मागेका थिए।

अख्तियारमा प्राप्त सूचना एवं उजूरीका आधारमा शाक्यलाई प्रक्राउ गरी थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।