यात्रुले भरिएको जहाज सडकमा तेर्सिएपछि... - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

यात्रुले भरिएको जहाज सडकमा तेर्सिएपछि…



एजेन्सी- यात्रुले भरिभराउ एक इरानी विमान धावनमार्गबाट चिप्लिएर शहरको मध्यमा रहेको एक सडकमा पुगेको छ ।

क्यास्पियन एयरलाइन्सको उडान नं ६९३६ तेहरानबाट स्थानीय समयअनुसार सोमवार बिहान पौने ७ बजे उडेको थियो ।

दक्षिणपश्चिममा रहेको बन्दर–ए महशहरमा अवतरण गर्ने क्रममा विमान धावनमार्गबाट चिप्लिएको तस्नीम समाचार संस्थाले लेख्यो ।

घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । त्यसमा बोइङ विमान सडकको बीचमा तेर्सिएको देखिन्छ ।

यात्रुहरूलाई शान्तिपूर्वक विमानबाट निकालिएको थियो भने विमानमा हल्का क्षति पुगेको छ ।

विमानलाई खासै केही नभएपनि सडक चाहिँ क्षतिग्रस्त बनेको छ ।

खुजेस्तान एयरपोर्ट्सका व्यवस्थापकीय निर्देशक रेजा रेजाएईले इर्ना समाचार संस्थालाई घटनाका कारण विमानमा आगो नलागेको र कसैलाई पनि चोटपटक नलागेको बताए ।