तारमा अल्झेर विमान दुर्घटना - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

तारमा अल्झेर विमान दुर्घटना



वेल्स– बेलायतको वेल्समा एउटा सानो विमान दुर्घटनामा परेको छ । वेल्सको मोनमाउथसायरमा रहेको अबेरग्याभनेमा रहेको सडकखण्डमा बिजुलीको तारमा अल्झेर विमान दुर्घटनामा परेको अधिकारीले जनाएका छन् ।

दुर्घटनापछि अबेरग्याभनेको सडकखण्ड बन्द गरिएको बीबीसीले जनाएको छ । प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार सडकमै विमान दुर्घटना भएपनि कुनै मानवीय क्षति भने नभएको जनाइएको छ । सोही कारण त्यस क्षेत्र भएर चल्ने रेल सेवा भने केहीबेर अवरुद्ध भएको थियो ।