ठुलो दुर्घटनाबाट जोगिए भारतीय राष्ट्रपति कोविन्द, उडिरहेको विमानमा यस्तो समस्या - Himal Post Himal Post
  • १४ मंसिर २०८१, शुक्रबार
  •      Fri Nov 29 2024
Logo

ठुलो दुर्घटनाबाट जोगिए भारतीय राष्ट्रपति कोविन्द, उडिरहेको विमानमा यस्तो समस्या



एजेन्सी-भारतीय राष्ट्रपति रामनाथ कोविन्द चढेको विमान निकै ठूलोे दुर्घटनाबाट जोगिएको छ । युरोपियन मुलुकहरुको भ्रमणमा रहेका राष्ट्रपति कोविन्द चढ्दै आएको एयर इन्डियाको विमानमा एक्कासि राडार फल्टको समस्या देखिएसँगै विमान अवतरण गरिएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । विमानमा समस्या देखिएको बेला राष्ट्रपति कोविन्द स्विट्जरल्यान्डको ज्युरिख जाने क्रममा रहेका थिए । तत्कालका लागि ३ घण्टा उडान भर्न सक्षम भएपनि विमानमा एक्कासि समस्या देखिएको थियो । राडार फल्टलाई उडान जगतमा निकै खतरनाक समस्याका रुपमा लिने गरिन्छ ।

अहिलेसम्म भएका दुनियाँका ठुला ठुला विमान दुर्घटनामा यही समस्या बढी देखिने गरेको छ । भारतीय राष्ट्रपति कोविन्द सोही विमानमार्फत युरोपका आइसल्यान्ड, स्वीट्जरल्यान्ड र स्लोवेनियाको भ्रमणमा निस्किएका थिए । यात्राकै क्रममा विमानमा निकै गम्भीर खराबी देखिए पनि कुशल चालकहरुका कारण समयमै समस्या पत्ता लगाउनाले निकै ठूलो दुर्घटना टरेको जागरण डट कमले लेखेको छ । राष्ट्रपति कोविन्द १७ सेप्टेम्बरमा स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
वास्तवमा राडार फल्ट भन्ने वित्तिक्कै विश्व उडान जगतमा आतंक फैलिने गरेको छ । उडान क्षेत्रमा यस्तो खालको गडबड भैरहने गरेको छ ।जसका कारण विश्वका ठूला उडान कम्पनीहरुलाई आतंकित समेत पार्ने गरेको छ ।

के हो राडर हार्डओभर ?
यो विश्वास गरिन्छ कि उडानको क्रममा विमानमा रडर दोष वा रडर हार्डओभर भयो भने विमान दुर्घटना हुने कुरामा निश्चित छ। यसले विमानको दिशा सूचक प्रणाली परिवर्तन गरिदिन्छ । जसका कारण विमानलाई अचानक पूरै बाँया वा दायाँ दिशामा मोडिदिन्छ । विमानको दिशा अचानक परिवर्तन भएपछि हवाइ उडान अनियन्त्रित हुन्छ। त्यसबेवा विमानको दुई टुक्रा हुनसक्छ ।

यसप्रकारको घटना पावर कन्ट्रोल एकाइमा खराबीका कारण हुन्छ। यदि उच्च गतिको उडानमा राडर गल्ती देखियो भने त्यसबेला कुनै पनि कुशल पाइलटले पनि विमानलाई नियन्त्रण गर्न सक्दैन।राडर फसेपछि विमानले अचानक दिशामात्र परिवर्तन गर्दैन विमानको ल्यान्डि गियर पनि बिगार्न सक्छ। यस्तो स्थितिमा जहाज अवतरण गर्दा चक्काहरु खुल्दैनन्। जुन उडिरहेको विमानको लागि धेरै खतरनाक हुन्छ । त्यति मात्र होइन विमानले हावामा द्रुत गतिमा डुबुल्की मार्न सक्छ । विगतमा यस्ता धेरै दुर्घटनाहरू भएका छन् ।

राडार फल्टकै कारण सन् २०१४ मा इन्डोनेसियामा यस्तै एउटा विमान दुर्घटना भएको थियो, जसमा १६२ व्यक्तिको मृत्यु भएको थियो ।

बोइंगविरुद्ध उजुरी

यही समस्याका कारण बोइंग ७३७ विमानविरुद्ध धेरै उजरी परेका छन् । यही समस्याका कारण सन् १९९० को दशकमा विश्वमा थुप्रै विमानहरु दुर्घटनामा परेका थिए । त्यसबेला यीमध्ये दुई दुर्घटनामा १५७ जनाको मृत्यु भएको थियो । यी दुर्घटनापछि मात्र राडार फल्टतर्फ इन्जिनियरहरुको ध्यान केन्द्रीत हुन पुग्यो । त्यसपछि बोइंग ७३७ विमानहरुमा निकै राम्रो सुधार पनि गरियो ।

सन् २००८ पछि त राडरको डिजाइनमा समेत आमुल परिवर्तन गरियो । पछिल्ला वर्ष भने पहिलेको तुलनामा राडर फल्टको समस्यामा भने निकै कमी आएको देखिन्छ । त्यसैले पनि पछिल्ला वर्ष विमानहरुमा राडर फल्टको समस्या निकै कम देखिन्छ ।

राडर फल्टका कारण भएका विश्वका ठुला दुर्घटना

सन् १९९१ मार्च ३ मा अमेरिकाको कोलोराडोमा युनाइटेड एयरलाइन्सको विमान दुर्घटना । उडान भरिरहेको यस विमानमा १ हजार फिटमाथि खराबी आएको थियो । जुन दुर्घटनामा २५ जनाको मृत्यु भएको थियो ।

सन् १९९४ ८ सेप्टेम्बरमा युएस एयरको विमान, पिटर्सवर्ग विमानस्थलमा अवतरण गर्ने क्रममा ६ हजार फिटमाथि नै खराबी भएर दुर्घटना । जसमा १३२ जनाको मृत्यु भएको थियो ।

सन् १९९६ मा इस्टविंड एयरलाइन्सको विमान पनि राडर फल्ट भएको थियो । त्यसबेला चालकको सुझबुझपूर्ण अवतरणले गर्दा ५३ जना यात्रुको ज्यान बचेको थियो । सन् २०१४ अक्टोबर २३ मा युएस एयरवेजका विमानमा राडर फल्ट भयो । आयरल्यान्डमाथि उडान भरिरहेको सो विमानले ६ घण्टासम्म हावामा चक्कर मारेको थियो । त्यसमा २०४ जना यात्रुको जीवन बालबाल बचेको थियो ।

सन् २०१४ डिसेम्बर २८ मा एयर एसियाको विमान इन्डोनेसियाको जाकर्तामा दुर्घटना हुँदा १६२ जनाको मृत्यु भएको थियो ।