८२ जना बोकेको विमान ठूलो दुर्घटनाबाट यसरी बच्यो (भिडियो) - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

८२ जना बोकेको विमान ठूलो दुर्घटनाबाट यसरी बच्यो (भिडियो)



एजेन्सी -म्यानमारमा एक विमान ठूलो दुर्घटनाबाट बचेको छ।

आइतबार विमान अवतरणका बेला उक्त विमानको अगाडिको ल्यान्डिङ चक्का नखुलेपछि विमानलाई चक्काबिनै अवतरण गर्नुपर्ने अवस्था आएको थियो।

यस्तो अवस्थामा विमान दुर्घटनाग्रस्त हुनसक्थ्यो। तर पाइलटले सावधानीपूर्ण ढंगबाट विमानलाई चक्काबिनै सुरक्षित रुपमा अवतरण गराए।

विमान अवतरण गरेसँगै विमानमा सवार सबै ८२ जनालाई उद्धार गरिएको थियो।

यङ्गुनबाट मण्डाले विमानस्थलका लागि उडेको म्यानमार नेसनल एयरलायन्सको युबी १०३ फ्लाइट नम्बरको एम्ब्राएर १९० विमानको चक्का नखुलेपछि तनावको अवस्था सृजना भएको चालकदलका सदस्यहरुले बताएका छन्।

विमान धावनमार्गमा घिस्रिदै रोकिएको भिडियो सार्वजनिक भएको छ। मानिसहरुले पाइलटको साहस तथा कौशलको प्रशंसा गरेका छन्।

(भिडियो)

https://youtu.be/lgdRsrVsiP4