गणतन्त्रपछि पहिलोपटक विमान चार्टर गरेर राष्ट्रपति भण्डारी चिन जादै - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

गणतन्त्रपछि पहिलोपटक विमान चार्टर गरेर राष्ट्रपति भण्डारी चिन जादै



काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारी नेतृत्वको टोली नेपाल वायुसेवा निगमको विमान चार्टर गरेर जाने निश्चित भएको छ । गणतन्त्रपछि राष्ट्रप्रमुखले राष्ट्रिय ध्वजावाहक विमान चार्टर गरेको यो पहिलोपटक हो ।

‘यसअघि राष्ट्रपति कमर्सियल उडानमा दिल्ली र बैंकक जानुभएको थियो,’ निगमका एक अधिकारीले भने, ‘हाम्रो विमान चार्टर नै गरिएको गणतन्त्रपछि पहिलो पटक हो ।’ निगमले उक्त भिभिआईपी उडानमा एयरबस ३२० पठाउने निर्णय गरेको छ । यसअघि प्रधानमन्त्री केपी ओलीले भारत र चीन भ्रमणमा हिमालय एयरलाइन्सको एयरबस ३२० प्रयोग गरेका थिए ।

उच्च स्रोतका अनुसार परराष्ट्र मन्त्रालयले निगमको विमानलाई प्रतिउडान घन्टाको ११ हजार ६ सय डलर हाराहारी भाडा तिर्ने सर्तमा लैजान लागेको हो । ‘निगमको न्यारोबडी जहाज लैजाने टुंगो लागेको छ,’ स्रोतले भन्यो । निगमले जहाज पार्किङमा रहेको बेलाको भाडा तिनु नपर्ने जनाएको छ । तीन दिनको यो चार्टर उडानमा निगमले १२ घन्टा हाराहारीको मात्रै रकम लिनेछ । विमानको ल्यान्डिङ, पार्किङलगायत र इन्धन खर्च निगम आफैंले बेहार्ने जनाएको छ । कान्तिपुर दैनिकमा खबर छ ।