५० यात्रु बोकेको विमान उडेको केहीबेरमै इन्डोनेसियामा बेपत्ता - Himal Post Himal Post
  • ९ चैत्र २०८१, आईतवार
  •      Sun Mar 23 2025
Logo

५० यात्रु बोकेको विमान उडेको केहीबेरमै इन्डोनेसियामा बेपत्ता



बीबीसी- इन्डोनेशियाको राजधानी जकार्ताबाट ५० जना यात्रु बोकेर उडेको एक यात्रुवहान विमान उडेलगत्तै बेपत्ता भएको छ।

द श्रीविजय एयर बोइङ ७३७ विमान देशको पश्चिमी प्रान्तको पोन्टिआनक जाने क्रममा रहेको अधिकारीहरूले बताएका छन्।

उडानहरूको विवरण राख्ने वेवसाइट फ्लाइटरडारडटकमका अनुसार एक मिनेटभन्दा कम समयमा उक्त विमानले ३ हजार मिटर उचाइ गुमाएको थियो।

देशको यातायात मन्त्रालयले खोजी कार्य सुरु भइसकेको जनाएको छ।